१८ बैशाख २०८१, मंगलवार

सभामुखसँगै तीन जनाको नाम सिफारिस माओवादी सिन्धुपाल्चोक १ बाट

agni sapkota

सभामुख अग्निप्रसाद सापकोटा ४ मंसिरमा हुने चुनावका लागि सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका छन् ।

नेकपा माओवादी केन्द्र १ नम्बर प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचनका लागि सभामुख सापकोटासँगै  सभामुखकै भतिज तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटा सुबोध र महिला नेतृ फुलम लामा प्रज्ञा सिफारिस भएका छन् । सभामुख सापकोटाको नाम पहिलो नम्बरमा सिफारिस गरिएको छ।

यस क्षेत्रमा नेपाली कांग्रसबाट केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र एमालेबाट नेताहरू अरुण नेपाल, सुरेश नेपाल, भरत पराजुली र बादल तामाङको नाम सिफारिस भएको छ। गठबन्धनले सिट संख्या र क्षेत्र नटुंग्याएकाले यस क्षेत्रमा सापकोटा र बस्नेतमध्ये को उम्मेदवार हुने भन्ने निश्चित भने भइसकेको छैन ।

यसैगरी नेकपा (माओवादी केन्द्र) क्षेत्रीय समन्वय समितिद्वारा प्रस्तावित नामावलीमा प्रतिनिधिसभा १ मा समानुपातिक तर्फ समानुपातिकतर्फ पुण्यप्रसाद  पराजुली खस आर्य, विष्णुकुमार श्रेष्ठ आदिवासी जनजाति, पूर्णबहादुर तामाङ आदिवासी जनजाति, गणेश बिक दलित, पार्वती थामी अल्पसंख्यक सिफरीस भएका छन् ।

१ नम्बर प्रतिनिधि सभा प्रदेश सभा (क) तर्फ  प्रत्यक्षमा सरल सहयात्रीको एकल सिफारिसमा हुनुहुन्छ ।  समानुपातिकतर्फ राजकुमार पौडेल खस आर्य, लालकान्छा तामाङ आदिवासी जनजाति, ज्ञानेन्द्रबहादुर गुरुङ आदिवासी जनजाति , राजु खाती दलित, आशा गुरुङ शेर्पा  आदिवासी जनजाति ,सुन्दर पहरी अल्पसंख्यकबाट सिफारिसमा छन् ।

१ नम्बर प्रतिनिधि सभा प्रदेश सभा (ख) तर्फ  प्रत्यक्षमा  अम्बिका नेपाल , चन्द्र सापकोटा , टिएन सापकोटा, प्रताप सि तामाङ गरी चार जना सिफारिस भएका छन् । समानुपातिकतर्फ अमृता नेपाल खस आर्य, गोकर्णदास श्रेष्ठ आदिवासी जनजाति, पदम श्रेष्ठ आदिवासी जनजाति , सागर परियार दलित, सुभाष सुन्दाश दलित, टिकाराम पराजुली अपाङ्ग कोटामा सिफारिसमा परेका छन् ।