१८ बैशाख २०८१, मंगलवार

थप १७ जनामा भेटियो कोरोना, कुल संक्रमितको संख्या ४ सय ४४

Coronavirus 1

नेपालमा कोरोना संक्रमित संख्या ४ सय ४४ पुगेको छ।

झापा, सुनसरी र धनकुटाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि यो संख्या ४ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

संक्रमित १७ मध्ये १५ जना झापा कचनाकवल गाउँपालिकाका भएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान जारी गरेको सूचना अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगरमा गरिएको परीक्षण अनुसार थप १७ जनामा संक्रमण पुष्टि भएको हो।

नयाँ संक्रमितहरु झापा कचनकवल गाउँपालिका वडा  नम्बर ३, ६ र ८ निवासी १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७, ४६ वर्षका पुरुषहरु छन्। त्यस्तै, धनकुटा निवासी ३४ वर्षीय पुरुष, सुनसरी, धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ।

यस्तै अन्य दुई संक्रमितमा एक महिला र पुरुष रहेका छन्।

संक्रमित पुरूषमा धनकुटा निवासी हुन्। उनको उमेर ३४ वर्ष रहेको छ भने संक्रमित महिला सुनसरीको धरान उपमहानगरपालिकाकी हुन्।

उनको उमेर ५१ वर्ष रहेको मन्त्रालयले जनाएको छ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणले उनीहरूमा कोरोना भएको पुष्टि गरेको हो।

संक्रमितको अवस्था समान्य रहेको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

corona 02 08 06