१६ चैत्र २०८०, शुक्रबार

कर्णाली: हेलिकप्टर प्रयोग गरेर स्वाब संकलन, भारतबाट १६ सय नागरिक ल्याउँदै

karnali province

वैशाख २८ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकासमन्त्री दल रावलले जुम्ला पुगेर निर्देशन दिपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको टोलीले हेलिकोप्टरमार्फत स्वाब सङ्कलन गरेर पिसीआर परीक्षणका लागि जुम्ला ल्याएको छ ।

हुम्लाका पाँच स्थानबाट ६००, कालीकोटका नौ स्थानबाट ६५३ जनाको र मुगुका दुई स्थानबाट पनि हेलिकोप्टरबाट स्वाब जुम्ला ल्याइएको हो ।

त्यस्तै कर्णाली प्रदेश सरकारले भारतको विभिन्न स्थानमा विभिन्न सिलसिलामा रहेका १६ सय बढिलाई घर ल्याउने भएको छ ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बुधबार रातिसम्म एक हजार दुई सय सात जना सुर्खेत आइपुग्ने र बाँकि बिहिवारसम्म आइपुग्ने बताए ।

मन्त्री भण्डारीका अनुसार सुर्खेतका २ सय ३० जना, सल्यानका २ सय ६७ जना, कालिकोटका ४४ जना, दैलेखका ५ सय र जाजरकोटका ७७ जनालाई नेपालगञ्जबाट ल्याइएको हो ।

प्रदेश भित्रिने सीमा नाकामा उनिहरूको आरडिटी जाँचपश्चात मात्रै जिल्ला पठाइने छ । उनले बिहिवारसम्म १ हजार ६ सय २८ जना आइपुग्ने बताए ।