गठबन्धनले जति रोक्न खोजे पनि आगामी निर्वाचनमा एमालेको बहुमत पक्काः ओली
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले रोक्न जति प्रयास गरे पनि जनताले आफ्नो पार्टीलाई आगामी निर्वाचनमा बहुमत दिने दाबी गर्नुभएको छ ।
लोकतान्त्रिक शेर्पा संघ, नेपालले आज काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले एमालेको नीति र संगठनमा आवद्ध भएर मात्रै देशलाई समृद्ध बनाउन सकिन्छ भन्ने कुरामा आमजनता दृढ रहेको बताउनुभयो ।
सेना र प्रहरीसमेत नेकपा एमालेको नेतृत्वमा मात्रै मुलुक अगाडि बढछ भन्ने विश्वासमा रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसबाट सत्तारुढ गठबन्धन अत्तालिएर गठबन्धन विस्तारको प्रयासमा लागिरहेको बताउनुभयो ।