१८ बैशाख २०८१, मंगलवार

हालान्डको गोलमा डर्टमन्डको सानदार जित

dortmund vs schalke 2

शनिबार राति भएको जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमन्ड विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा डर्टमन्डले साल्केलाई ४–० गोलले पराजित गरेको हो ।

दर्शकविहीन शान्त रंगशाला । रंगशाला आफ्नै तर दर्शक थिएनन् । खेलअघि खेलाडीले हात मिलाएनन् । दर्शकले भरिने स्ट्याण्ड पूरै खाली थियो । बेन्चमा बसेका खेलाडी र प्रशिक्षकले मास्क लगाएका थिए ।

जस्तो अवस्था भए पनि ९० मिनेटको खेल भने भयो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले प्रभावित बनेको फुटबल दुई महिनापछि मैदान फर्कँदा अवस्था यस्तो देखियो ।

जर्मन लिग बुण्डेशलिगा शनिबारदेखि फेरि शुरु भयो । कोरोनाकै बीच फुटबल शुरु हुँदा बोरुसिया डर्टमण्डका एर्लिन हालान्ड गोल गर्ने पहिलो खेलाडी बने ।

डर्टमन्डको जितका लागि राफेल गुरेरोले दुई तथा एर्लीङ हालान्ड र थोर्गन हाजार्डले एक–एक गोल गरे । पहिलो हाफमा २–० को अग्रता बनाएको डर्टमन्डले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । खेलको २९ औं मिनेटमा हालान्डले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा गुरेरोले गोल गर्दै डर्टमन्डको अग्रता दोब्बर पारे ।

Dortmund vs Schalke

दोस्रो हाफ सुरु भएको तीन मिनेट नबित्दै हाजार्डले गोल गर्दै डर्टमन्डको अग्रता तेब्बर पार्‍यो । उनले ४८ औं मिनेटमा जुलिएनको पासमा हानेको शसक्त प्रहारले गोल पोस्टको जाली चुमेको थियो । त्यस्तै ६३ औं मिनेटमा हालान्डको पासमा गुरेरोले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमन्डलाई ४–० फराकिलो जित दिलाए ।

यो खेल जितेसँगै डर्टमन्डले शीर्षस्थानको बायर्न म्युनिखसँग एक अंकको दुरी घटाएको छ । एक खेल कम खेलेको बार्यनको २५ खेलबाट ५५ अंकसहित शीर्ष स्थानमा छ ।

९० मिनेटको खेल सकिएपछि डर्टमण्डका खेलाडीले स्ट्याण्डतिर हेरेर खुशियाली मनाए तर त्यहाँ दर्शक भने थिएनन् ।

जितपछि डर्टमण्डले २६ खेलबाट ५४ अंक जोड्दै शीर्ष स्थानको वायर्न म्युनिखसंग अंक दूरी १ मा झारेको छ । एक खेल कम खेलेको वायर्नको ५५ अंक छ । वायर्नले आइतबार युनियन बर्लिनसंग खेल्दैछ ।

तेस्रो स्थानको आरबी लेइपजिग भने फ्राएवर्गसंग १-१ को बराबरीमा रोकियो । बराबरीपछि २६ खेलबाट लेइपजिगको ५१ अंक छ ।

अन्य खेलमा हेर्थ बर्लिनले होफेनहेइमलाई ३-० ले र वल्फ्सवर्गले अग्सबर्गलाई २-१ ले पराजित गरेको छ । फर्चुना डुसेलडोर्फ र एफसी पाडेनबवर्नले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।एजेन्सी

    सम्बन्धित समाचार...