१८ बैशाख २०८१, मंगलवार

पैसा बार्गेनिङको आरोपमा एक अनलाइन सम्पादकमाथि कारवाहीको तयारी

patrakar

नेपाल प्रेस काउन्सीलले पैसाको बार्गेनिङ गरेको भन्दै एक अनलाइनका संचालक तथा सम्पादकमाथि कारवाहीको तयारी थालेको छ ।

पैसा बार्गेनिङसंगै महिलामाथि दुव्र्यवहारको आरोप समेत लागेका ‘फरकधार’ अनलाइनका सञ्चालक तथा सम्पादक शिखर घिमिरेलाई काउन्सीलले कारवाहीको तयारी गरेको हो । काउन्सीलले घिमिरे बारे थप जानकारी लिनका लागि सूचना विभाग र नेपाल पत्रकार महासंघ सूचना माग गरेको छ ।

स्रोतका अनुसार शिखर घिमिरेले सूचना विभागबाट प्रेस कार्ड लिए÷नलिएको, नेपाल पत्रकार महासंघको सदस्य रहे/नरहेको खुलाई पठाउन काउन्सीलले ती दुवै निकायलाई पत्र समेत पठाएको छ ।

पछिल्लो समय काउन्सीलले सीमा नाघी विषयवस्तु दिने, बार्गेनिङ्ग गर्ने अनलाइनहरूलाई धमाधम कारवाहीको दायरामा ल्याउन थालेको छ । घिमिरेले आफूमाथि दुर्व्यवहार र बार्गेनिङ्ग गरेको भन्दै एक कलेज सञ्चालक प्रेस काउन्सील पुगेर उजुरी दिएका थिए ।

ती कलेज संचालकका अनुसार मध्यरातीमा फोन गर्ने, दुव्र्यवहार गर्दै बार्गेनिङ गर्ने कार्य गरेकाले छानबीनका लागि काउन्सीलमा उजुरी दिईएको हो । सोही आधारमा सो अनलाइनलाई विशेष अनुगमनमा राखी काउन्सीलले छानबीन सुरु गरेको हो ।

घिमिरेविरुद्धको उजुरीमा सो संचारमाध्यमले ब्लाकमेलिङ गर्दै आएको, अनावश्यक आर्थिक सहयोग गर्नुपर्ने जस्ता म्यासेज र कल गर्ने गतिविधी गर्दै आएको समेत उल्लेख छ । घिमिरेले रातको समयमा फोन कल तथा म्यासेज गरी दुःख दिने गरेको विवरणसहित पीडितहरू काउन्सील पुगेका हुन् ।

    सम्बन्धित समाचार...