
कपिलवस्तुमा एक जना उम्मेदवारको निधन भएपछि त्यहाँ स्थानीय तहको निर्वाचन स्थगित भएको छ ।
वडाध्यक्षका उम्मेदवारको निधन भएपछि कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा निर्वाचन स्थगित भएको हो ।
नगरपालिकाको वडा नम्बर ८ का वडाध्यक्षका उम्मेदवार ओमप्रकाश तिवारीको निधन भएकोले आजको निर्वाचन कार्यक्रम स्थगित गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नेकपा एमालेबाट उम्मेदवार बनेका तिवारीको गएराति निधन भएको सूचना प्राप्त भएपछि निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गर्दै निर्वाचन कार्यक्रम स्थगित गरेको हो ।