१२ बैशाख २०८१, बुधबार

चालिस वर्षपछि कृष्णनगर बजारको सडक कालोपत्रे

FB IMG 1647399702586

४० वर्षदेखि जीर्ण अवस्थामा रहेको कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका बजार क्षेत्रका सडक कालोपत्रे हुन सुरु भएको छ । बजार क्षेत्र भित्र रहेको ३ सडक लुम्बिनी प्रदेश सरकार र कृष्णनगर नगरपालिकाले बजेट विनियोजन गरे पछि कालोपत्रे हुन लागेको नगर प्रमुख रजत प्रताप शाहले बताउनु भयो ।

भारतीय सिमानाकाको सबै भन्दा नजिक दुरी रहेको कृष्णनगर बजार सडकको अवस्था जीर्ण भएको कारणले यात्रुहरूले निकै सास्ती खेप्दै आएका थिए ।

बजार क्षेत्र अन्तर्गत बैङ्क रोड, गल्ला मण्डी रोड, गोल घर सडक कालो पत्रे हुन लागेको छ । लुम्बिनी प्रदेश सरकारको ३ करोडको लगानीमा बैङ्क रोड सडक निर्माण हुन लागेको छ ।

यसै गरी बाकी २ खण्ड नगरपालिकाको ८ करोड २० लाख बढी रकम लगानी गरेर निर्माण हुन लागेको नगरपालिकाका इन्जिनियर प्रदीप चौधरीले बताउनु भयो । पालिकाले निर्माण गर्ने सडक २ किलो मिटर २१७ मिटर रहेको छ ।

कृष्णनगर बजार क्षेत्र भित्रको सबै सडक जीर्ण हुँदा स्थानीय र नेपाल भारत आवत जावत गर्ने नागरिकहरूले सास्ती खेप्दै आएका थिए । कालो पत्रे निर्माण सुरु भए पछि वर्षातको समयमा सडकमा पानी जम्मा भएर पोखरी जस्तो हुने, हिलाम्य हुने जस्ता समस्याबाट मुक्त हुने स्थानीय बब्लु गुप्ताले बताउनु भयो । चालु आर्थिक वर्षको अन्त्यसम्म योजना सम्पन्न हुने गरी कालो पत्रेको काम भई रहेको नगरपालिकाले बताएको छ ।