३ जेष्ठ २०८१, बिहीबार

मतपत्र ढुवानीको काम आजबाट शुरु हुँदै

nepal elecation

निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि मतपत्र ढुवानीको काम आजबाट शुुरु गर्ने भएको छ ।

केही दिनमा सम्पन्न गर्नेगरी मतपत्र ढुवानीको व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । आयोगको हिजोसम्मको विवरणअनुसार हालसम्म ८० प्रतिशत मतपत्र छपाइको काम सकिएको छ ।

७७ वटै जिल्लामा निर्वाचन सामग्री पठाउने काम सकिएपछि आयोगले मतपत्र ढुवानीको काम शुरु गर्न लागेको हो ।