२ जेष्ठ २०८१, बुधबार

असन्तुष्ट पूर्वसांसद पौडेलले दिए भरतपुरको मेयरमा बागी उम्मेदवारी

jagnath bharatpur

भरतपुरमा कांग्रेसका असन्तुष्ट पक्षका उमेदवार जगन्नाथ पौडेलले मेयर पदमा उमेदवारी दर्ता गराएका छन् । कांग्रेसका कार्यकर्तासहित उनी मनोनयनस्थलमा पुगेर महानगरको मेयरमा उमेदवार दर्ता गराएका हुन् ।

भरतपुर महानगरपालिका–७ कृष्णपुरका पौडेल नेपाली कांग्रेसबाट राष्ट्रिय सभाका पूर्वसांसद हुन् । उनले आइतबार पार्टी कार्यालयमा औपचारिकरुपमा उम्मेदवारको घोषणा गरेका थिए ।

गठबन्धनको तर्फबाट भरतपुर महानगरको मेयर पद माओवादीलाई परेपछि कांग्रेसभित्र व्यापक असन्तुष्टि बढेको थियो । केन्द्रको निर्देशनलाई अवज्ञा गर्दै पौडेलले मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् ।