१३ बैशाख २०८१, बिहीबार

घरेलु मैदानमा पराजित बार्सिलोना

barc

स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना घरेलु मैदान नोउ क्याम्पमा रायो भालेकानोसँग १–० अन्तरले पराजित भएको छ ।

भ्रमणकारी टोलीका अल्भारो गार्सिया खेलको सातौँ मिनेटमा गरेको गोल नै निर्णायक बन्दा जाभी होर्नाण्डेजको बार्सिलोना घरेलु मैदानमा हार बेहोर्न बाध्य भएको हो ।

बार्सिलोनाको हारसँगै शीर्ष स्थानको रियल मड्रिडलाई फाइदा भएको छ । उसलाई अब एक अंक भए ३५औँ पटक स्पेनिस ला लिगाको उपाधि जित्ने छ ।

हारसँगै बार्सिलोना ३३ खेलबाट ६३ अंकसहित दोस्रो स्थानमा छ । समान अंकको सेभिया तेस्रो स्थानमा छ । जित निकालेको रायो भालेकानो ४० अंकसहित ११औँ स्थानमा छ ।