६ बैशाख २०८१, बिहीबार

पूर्वसांसद पौडेल बागी उम्मेदवार कांग्रेसबाट भरतपुर महानगरको मेयरमा

Jagannath Paudel

भरतपुर महानगरमा कांग्रेसका पूर्व सांसद जगन्नाथ पौडेलले मेयरको बागी उम्मेदवार बन्ने भएका छन् । नेपाली कांग्रेस पार्टी कार्यालयमा उनले आज उम्मेदवारीको घोषणा गरेका हुन् ।

कांग्रेस महासमिति सदस्य मिना खरेलको प्रस्ताव र पूर्वसांसद भीमबहादुर श्रेष्ठको समर्थनमा पौडेलले मेयरमा उम्मेद्बारी दिने घोषणा गरेका छन् । उम्मेद्बारी घोषणाका लागि असन्तुष्ट पक्षको आज जिल्ला पार्टी कार्यालयमा भेला भएको थियो ।

भरतपुरको मेयर माओवादी केन्द्रलाइ दिने निर्णय भएपछि जिल्लाका नेता कार्यकर्ताहरुले विरोध जनाउँदै आएका थिए । पौडेलले भोलि मनोनयन दर्ता गर्ने तयारी छ ।

भरतपुर महानगरपालिका–७ का पौडेल पूर्वसांसद तथा भरतपुरको पूर्व उपमेयरसमेत हुन् । बालकुमारी क्याम्पस सञ्चालक समितिको अध्यक्षसमेत रहेका पौडेल चितवन कांग्रेसका लोकप्रिय नेता मानिन्छन् ।उम्मेदवारी घोषणा कार्यक्रममा कांगेसका जिल्ला नेताहरुकृष्णलाल सापकोटा, मिना खरेल र शम्भु अर्याललगायतको सहभागिता रहेको थियो ।