१३ बैशाख २०८१, बिहीबार

फिल्म ‘षट्कोण’को ‘रहस्य’ बोलको गीत सार्वजनिक

bholaraj karma

आगामी बैशाख २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘षट्कोण’को ‘रहस्य’ बोलको प्रोमोशनल गीत सार्वजनिक गरिएको छ । युनिक पोइटको शब्द रचना तथा स्वर रहेको गीतको संगीत बिषेश पाण्डेले तयार पारेका हुन् । सार्वजनिक गीतमा हत्याको रहस्य पत्ता लगाउँदा आउने उतार चढावलाई प्रस्तुत गरिएको छ ।

साइकोलोजिकल थ्रिलर कथामा निर्माण भएको फिल्ममा अभिनेता कार्म एक हत्याको अनुसन्धान गरिरहेको पत्रकारको भुमिकामा देखिएका छन् । फिल्मलाई मिलन डि काप्रिले निर्देशन गरेका हुन् । षट्कोण मिलनको डेव्यु निर्देशकिय फिल्म हो ।

क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म आगामी बैशाख २३ गतेबाट नेपाल भर रिलिज हुनेछ । कोरोना महामारी अगाडी नै निर्माण भएको फिल्मको सम्पुर्ण काम सकेर प्रदर्शनको पालो कुरेर बसेकाले अहिले समय उत्तम लागेकाले रिलिजको लागि तयार भएको निर्माण टिमको भनाई छ ।

फिल्ममा कर्मा र भोलाराज सापकोटाका अलवा लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामाको अभिनय रहेको छ । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको फिल्मको संवाद महेश दवाडीले लेखेका हुन् ।

फिल्ममा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिले सम्पादन छ । फिल्मलाई वितरण जिम्मा आरआर फिल्मस्ले लिएको छ ।