१२ बैशाख २०८१, बुधबार

खतराको बिन्दुमा काठमाडाैंकाे वायु प्रदूषण, शतर्कता अपनाउन स्वास्थय विज्ञकाे आग्रह

kath
फाइल फोटो

मौसम अनुकुल नहुँदा विभिन्न स्वास्थ्यसम्बन्धी समस्या देखा पर्न थालेको भन्दै विज्ञहरुले विशेष शतर्कता अपनाउन जोड दिएका छन् ।

जलवायुजन्य परिवर्तनका कारण पछिल्लो समय नेपालमा मौसम एकनासको हुन नसकेको र यसले मानवस्वास्थ्यमा गम्भीर असर पार्न थालेको भन्दै विज्ञहरुले शतर्कता अपनाउन जोड दिएका हुन् ।

अल्का अस्पतालका जेनेरल फिजिशियन डा. प्रेम पाण्डेले अहिले मौसम परिवर्तन भइरहेको र यसले बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाको स्वास्थ्यमा गम्भीर असर पार्ने भएकोले त्यसतर्फ सचेत रहन आग्रह गर्नुभयो । उहाँले मौसम परिवर्तनका कारण दम, सुगर र मुटुका रोगीहरुलाई पनि स्वास्थ्यमा असर गर्ने भएकोले शतर्कता अपनाउन अनुरोध गर्नुभयो ।

मौसम परिवर्तका कारण श्वासप्रश्वासमा समस्या, रुघाखोकी लाग्ने, डाइरिया हुने लगायतका समस्या देखिरहेको भन्दै उहाँले सचेत हुनुपर्ने बेला आएको बताउनुभयो ।

डा. पाण्डेले अहिले जलवायु परिवर्तनका कारण मौसम अनुकुल नरहेको भन्दै दीर्घरोगी, बालबालिका, वृद्धवृद्धाहरुले विशेष सावधानी अपनाउनु पर्ने बताउनुभयो । पछिल्लो समय नेपालको काठमाडौंसहित अन्य शहरी क्षेत्रको वातावरण स्वास्थ्यवद्र्धक नरहेको विज्ञहरुले बताउँदै आएका छन् । केही समयअघि विश्वका प्रमुख शहरहरुको रियल टाइम एअर पोलुसनबारे अध्ययन गर्ने वेबसाइट (आईक्यूएअर) डटकमका अनुसार केही दिनअघि काठमाडौंको वायु प्रदूषण खतराको बिन्दुमा पुगेको थियो ।