८ बैशाख २०८१, शनिबार

केशव स्थापितलाई काठमाडौँ महानगरको मेयरमा उठाउने एमालेको निर्णय

keshab sthapit
फाइल फोटो

नेकपा (एमाले)ले काठमाडौँ महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ ।

शनिबार बसेको सचिवालय बैठकले ६ महानगर र १० उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो । जसअनुसार काठमाडौँको मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए ।

डंगोल स्वतन्त्र हैसियतले मेयरमा उम्मेदवारी दिने भन्दै घोषणा पत्र सार्वजनिक गरेकी थिइन् ।

ललितपुर महानगरपालिकाको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य, पोखरा महानगरपालिकाको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ ।

भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदी र वीरगञ्जको मेयरमा विजय सारवगीलाई उम्मेदवार बनाएको छ । दुवै महानगरको उपमेयरको उम्मेदवार तोकिएको छैन ।

यस्तै, विराटनगर पालिकाको मेयर र उपमेयरको उम्मेदवार भने टुंगो लाग्न बाँकी रहेको उनले बताए ।

एमालेले ९ ओटा उपमहानगरपालिकाको पनि उम्मेदवार टुंग्याएको छ । जनकपुर र जितपुर–सिमराको प्रमुख र उपप्रमुखकै उम्मेदवार तोकिएको छैन भने कलैयाको उपप्रमुखको उम्मेदवार तोक्न बाँकी छ ।

यी हुन् उम्मेदवार
उपमहानगरपालिका
धनगढी– मेयर मेयर रणबहादुर चन्द, उपमेयर चन्द्रकला राना थारु
नेपालगञ्ज– पशुपति दयाल मिश्र, उपमेयर शान्ति ढकाल
तुलसीपुर– मेयर टीकाराम खड्का, उपमेयर स्यानी चौधरी
घोराही– नरुलाल चौधरी, उपमेयर हुमाकुमारी डिसी
बुटवल– मेयर बाबुराम भट्टराई, उपमेयर साबित्रा अर्याल
हेटौंडा– मेयर अनन्त पौडेल, उपमेयर सुमित्रा काफ्ले
धरान– मेयर मञ्जु भण्डारी, उपमेयर पदम लिम्बू
इटहरी–मेयर यामकुमार सुब्बा, उपमेयर संगीता चौधरी
कलैया– मेयर विनोद शाह