८ बैशाख २०८१, शनिबार

घरेलु मैदानमा पराजित चेल्सी

Chelsea Vs Arsenal

इंग्लिस प्रिमियर लिग फुटबलमा बुधबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई ४–२ अन्तरले पराजित गरेको छ ।

चेल्सीलाई घरेलु मैदानमा पराजित गर्न आर्सनलका लागि एड्डी एनकेटीले दुई तथा एमिल स्मिथ र बुकायो साकाले १–१ गोल गरे ।

चेल्सीका लागि टिमो वेर्नेर र सेजर एज्पिलिक्वेटाले सान्त्वना गोल फर्काए ।

जितसँगै आर्सनल ३२ खेलमा ५७ अंक जोडेर पाँचौँ स्थानमा छ । चेल्सी ३१ खेलमा ६२ अंक जोडेर तेस्रो स्थानमा छ ।

बुधबार राति नै भएको अर्को खेलमा ब्राइटनलाई ३–० अन्तरले हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदान इतिहादमा सिटीलाई जित दिलाउन रियाद महरेज, फिल फोडेन र बेर्नार्डो सिल्भाले १–१ गोल गरे ।

जितसँगै सिटीले ३२ खेलमा ७७ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । अघिल्लो रात म्यानचेस्टर युनाइटेडलाई हराउदै लिभरपुल शीर्ष स्थानमा उक्लिएको थियो । पराजित ब्राइटन ४० अंक जोडेर दशौँ स्थानमा छ ।