८ बैशाख २०८१, शनिबार

(विवरणसहित) कस्को कहाँ उम्मेदवार गठबन्धनमा

gathabandhan

सत्ता गठबन्धनबीच महानगर र उपमहानगरपालिकाहरुमा तालमेल गरी मेयर र उपमेयरमा साझा उम्मेदवारको सहमति निस्किएको छ । सहमति अनुसार ६ महानगरपालिकामध्ये नेपाली काँग्रेसले ३, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीले ११ मेयरमा गठबन्धनबाट साझा उम्मेदवार उठाउने छन् ।

११ उपमहानगरपालिकामध्ये नेपाली काँग्रेसले ७, माओवादीले २, नेकपा एस र जसपाले ११ मा मेयर पाएका छन् ।

काँग्रेसले महानगरपालिकाहरुमध्येबाट ३ र उपमहानगरपालिकाहरुमा ४ उपमेयर पाएको छ । माओवादीले महानगरपालिकाहरुमध्येबाट २ र उपमहानगरपालिकाहरुबाट पनि २ मा उपमेयर पाएको छ ।

नेकपा एसले महानगरपालिकाहरुमध्येबाट २ र उपमहानगरपालिकाहरुमध्येबाट ३ मा उपमेयर पाएको छ । जसपाले महानगरपालिकाहरुमध्ये कुनैमा पनि उपमेयर पाएको छैन । उसले उपमहानगरपालिकाहरुमा २ मा उपमेयर पाएको छ ।

काठमाडौं, ललितपुर र विराटनगरमा नेपाली काँग्रेसबाट मेयर, भरतपुरमा माओवादी, पोखरामा नेकपा एकीकृत समाजवादी पार्टी र वीरगञ्जमा जनता समाजवादी पार्टीले मेयरको साझा उम्मेदवार बनाउने छन् । उपमेयरमा काठमाडौंमा नेकपा एस, ललितपुरमा माओवादी, विराटनगरमा जसपा र वीरगञ्ज, भरतपुर र पोखरामा काँग्रेसका साझा उम्मेदवार हुनेछन् ।

उपमहानगरपालिकाहरुमा धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीमा काँग्रेस, जितपुर सिमरा र घोराहीबाट माओवादी, हेटौंडामा नेकपा एसले मेयरको साझा उम्मेदवार उठाउने सहमति बनेको छ । जनकपुरमा जसपा र नेपालगञ्जमा काँग्रेसले मेयर उठाउने सहमति बनिसकेको छ ।

जितपुर सिमरा, हेटौंडा, जनकपुर र घोराहीमा काँग्रेसबाट उपमेयर, धरान र धनगढीमा नेकपा माओवादी केन्द्रका उपमेयर, इटहरी, बुटबल र तुलसीपुरबाट नेकपा एसका उपमेयर र कलैया र नेपालगञ्जमा जसपाका उपमेयरका साझा उम्मेदवार हुनेछन् ।

२०७४ मा उपमहानगरपालिकाहरुमा धरान, इटहरी, जितपुर सिमरा, हेटौंडा, बुटवल, घोराही, तुलसीपुरबाट एमालेले मेयर र उपमेयर दुवै जितेको थियो । जनकपुरमा तत्कालीन तमलोपाले मेयर र उपमेयर नै जितेको थियो । काँग्रेसले कलैया र धनगढीमा मेयर र उपमेयर, नेपालगञ्जमा उपमेयर जितेको थियो । २०७४ मा ललितपुर र विराटगरबाट काँग्रेसले मेयर र उपमेयर, वीरगञ्जमा तत्कालीन संघीय समाजवादी पार्टी, भरतपुरमा माओवादीले मेयर जितेको थियो । काठमाडौंबाट एमालेले मेयर र पोखरामा मेयर र उपमेयर दुवै जितेको थियो । काँग्रेसले वीरगञ्ज, भरतपुर र काठमाडौंमा उमपेयर जितेको थियो ।

नेपाली काँग्रेस
मेयरको उम्मेदवार
महानगरपालिकाः काठमाडौं, ललितपुर र विराटनगर
उपमहानगरपालिकाः धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी
उपमेयरको उम्मेदवार
महानगरपालिकाः वीरगञ्ज, भरतपुर र पोखरा
उपमहानगरपालिकाः जितपुर सिमरा, हेटौंडा, घोराही र जनकपुर

माओवादी

मेयरको उम्मेदवार
महानगरपालिकाः भरतपुर
उपमहानगरपालिकाः जितपुर सिमरा र घोराही
उपमेयरको उम्मेदवार

महानगरपालिकाः ललितपुर
उपमहानगरपालिकाः धरान र धनगढी

नेकपा एस

मेयरका उम्मेदवार
महानगरपालिकाः पोखरा
उपमहानगरपालिकाः हेटौंडा

उपमेयरको उम्मेदवार
महानगरपालिकाः काठमाडौं,
उपमहानगरपालिकाः इटहरी, बुटबल र तुलसीपुर

जसपा

मेयरका उम्मेदवार
महानगरपालिकाः वीरगञ्ज
उपमहानगरपालिकाः जनकपुर

उपमेयरको उम्मेदवार
महानगरपालिकाः विराटनगर
उपमहानगरपालिकाः नेपालगञ्ज

gathabandhan ma sahamati
2 2