८ बैशाख २०८१, शनिबार

यी तीन शक्तिशाली देशको चिन्ता: चीनले सोलोमन टापुसँग सुरक्षा सम्झौता गरेपछि

Solomon and china

चीनले सोलोमन टापुसँग सुरक्षा सम्झौता गरेपछि अष्ट्रेलिया, न्युजिल्याण्ड र अमेरिकाले प्रशान्त क्षेत्रको सुरक्षामा चिन्ता व्यक्त गरेका छन् । चीनले प्यासिफिक देशमा नौसेना आधार निर्माण गर्न खोज्ने त्रासलाई बढाउँदै यसै साता सम्झौतामा हस्ताक्षर भएको थियो ।

सम्झौता रोक्न अस्ट्रेलियाले गरेको अन्तिम प्रयासलाई सोलोमोन द्वीपले अस्वीकार गरेको थियो । अस्ट्रेलिया सोलोमोन द्वीपको सबैभन्दा ठूलो सहायता दाता हो । प्रधानमन्त्री मनसेह सोगाभारेले सम्झौताले यस क्षेत्रमा ‘शान्ति र सद्भावलाई कमजोर’ नबनाउने बताए ।

सम्झौता परम्परागत सहयोगीहरूका लागि नभई आफ्नै आन्तरिक सुरक्षाका लागि भएको उनले बताए ।उनले सम्झौताका शर्तहरू खुलासा गरेनन् । सम्झौताबारे उनले भने, ‘यो हाम्रो आँखा खुला राखेर राष्ट्रिय हितद्वारा निर्देशित छ । ’ एजेन्सी