१२ जेष्ठ २०७९, बिहीबार

दुई पक्षबीच झडप हुँदा वडाध्यक्ष देवानसहित ६ जना घाइते

bara

बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२३ मा नेकपा (एमाले)का दुई पक्षबीच झडप भएको छ । वडाध्यक्ष असलम देवान र वडाध्यक्षका प्रत्यासी मुस्तकिम अन्सारी पक्षबीच झडप भएको प्रहरीले जनाएको छ ।

दुई पक्षबीच झडप हुँदा वडाध्यक्ष देवानसहित ६ जना घाइते भएका छन् । झडपमा परी वडाध्यक्ष देवान, नासिर र नाजिर देवान घाइते भएका छन् । उनीहरुको बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, मुस्तकिम पक्षका चाँद महम्मद, अनु आरुल महम्मद र मुस्ताक अन्सारी घाइते भएका छन् । घाइते उनीहरुको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ३ जनालाई नियन्त्रणमा लिएको छ । बसरुदिन मिया, लाल महम्मद र अनिल महम्मदलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बाटोको विषयमा विवाद हुँदा उनीहरुबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए ।