१६ चैत्र २०८०, शुक्रबार

दुई चोक्टा मासु र एक गिलास रक्सीमा नबिक्नु होला

Dr. baburam bhattarai
फाइल फोटो

जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सोचेर मत दिन मतदातालाई आग्रह गर्नुभएको छ । पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न गोरखा आउनुभएका नेता भट्टराईले पटक–पटक सत्तामा पुगेका दलहरूलाई फेरि भोट दिएर गल्ती नगर्न मतदातालाई आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘जनतालाई लुटेर, अकुत सम्पत्ति कमाएर, छोराछोरी विदेशमा पढ्न पठाएर ठूला सहरमा मोजमस्ती गरेर बसेकाहरू चुनावमा फेरि भोट माग्न आउनेवाला छन् । दुई चोक्टा मासु र एक गिलास रक्सीमा नबिक्नु होला, एक पटक झुक्किनु स्वाभाविक हो तर पटक–पटक झुक्किनु तपाईँकै गल्ती हो ।’

कार्यक्रममा नेता भट्टराईले सत्ता गठबन्धनभित्रका दलबीच अवस्थाअनुसार छुट्टाछुट्टै चुनावी तालमेल हुन सक्ने बताउनुभयो ।