८ बैशाख २०८१, शनिबार

न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा निलम्बित गभर्नर अधिकारीको रिट

suprem court

निलम्बनमा पर्नुभएका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिट न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेको छ ।

निलम्बन फुकुवा गरी पूर्ववत् अवस्थामै कामकाज गर्न दिन अन्तरिम आदेशको माग गरिएको रिट न्यायाधीश फुयाँलको एकल इजलासमा परेको हो ।

गत आइतबार दायर रिटको पहिलो सुनुवाइका लागि आज पेसी तोकिएको छ । अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, अर्थमन्त्री जनार्दन शर्मा र सरकारले गठन गरेको छानबिन समिति समेतलाई विपक्षी बनाई रिट दायर गर्नुभएको थियो ।

निलम्बित गभर्नर अधिकारीले आफूमाथि गरिएको निलम्बन फुकुवा गरि पूर्ववत् अवस्थामै कामकाज गर्न दिन अन्तरिम आदेशको मागसमेत गर्नुभएको छ । मंगलबार उहााँके रिटमाथि अन्तरिम आदेश जारी भएको खण्डमा उनी पूर्ववत् अवस्थामै फर्केर गभर्नरका रुपमा काम गर्न पाउनुहुनेछ । तर अन्तरिम आदेश नदिई र कारण देखाउ आदेश जारी गर्दै छलफलका लागि बोलाएमा भने उहाँ निलम्बनमै रहनुहुनेछ । सर्वोच्चले अन्तरिम आदेश प्रयोजनका लागि छलफलको मिति तोकेर बोलाउन पनि सक्नेछ ।

बैंकिङ प्रणालीको सूचना चुहाएको लगायतको आरोप लगाउँदै सरकारले गत चैत २४ गते गभर्नर अधिकारीमाथि छानबिन समिति गठन गरेको थियो । समिति गठन भएलगत्तै उहाँ निलम्बनमा पर्नुभएको थियो ।