१४ बैशाख २०८१, शुक्रबार

(भिडियो) सौगात र दीया अभिनित ‘मन्त्र’को पहिलो गीत सार्वजनिक

sugat diya

चलचित्र ‘मन्त्र’ मा समाबेश पहिलो गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘घरी घरी’ बोलको गीतमा अल्मोडा राना उप्रेती र अप्सरा घिमिरेको स्वर रहेको छ। सार्वजनिक गीतमा सन्तोष सुनारको शब्द तथा संगीत रहेको छ। सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य अभिनेता सौगात मल्ल र मुख्य अभिनेत्री दीया पुनको मायाप्रेम देख्न सकिन्छ।

बैशाख १६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको केहि हप्ता अघि सार्वजनिक ट्रेलरले सकारात्मक प्रतिक्रिया पाएको छ। ट्रेलरले पाएको हाइप अब सार्वजनिक गीतले अझै बढाउनेमा निर्माण टिम बिस्वस्त रहेको छ। चलचित्रको गीत एट के एभरेस्ट मोसन पिक्चर्सको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको चलचित्रका निर्देशक खिल बहादुर गुरुङ हुन् । गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् संगै डिभाइन इन्टरटेन्टमेन्ट र डि.एस प्रोडक्सनको सहकार्य रहेको छ। हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको चलचित्र एउटा अर्गानिक नेपाली चलचित्र बनेको छ।

चलचित्र गोरखाको मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाएर निर्माण गरिएको छ । मनास्लु क्षेत्रमा पहिलो पटक छायाँकन गरिएको चलचित्रका दृश्यहरुले दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क रहेको छ । गोर्खा जिल्लाको चुमनुब्री सामा गाउँ,बिरेन्द्र ताल र पुङ्गिन गुम्बा लगाएतका रमणीय दृश्यहरु कैद गरिएको छ।

हिमालयन लभ स्टोरी ‘मन्त्र’ मार्फत सौगात र दियाले पहिलो पटक स्क्रिन शेयर गरेका छन् । चलचित्रमा बुद्दि तमाङ, नमिता घिसिङ्ग,बिर बहादुर लामा,पासाङ्ग टि शेर्पाको पनि मुख्य भूमिका रहेको छ । देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की,सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको छ । राजेश जंगको सह निर्देशन रहेको चलचित्रमा सह निर्माताको रुपमा भिमसेन केसी र बिसेष सहयोगी अमृत थापा रहेका छन्।

साम्तेन भुटिया,सुनिल नेउरे,परिच्छेद सेनले लेखेको चलचित्रमा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन,सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ । चलचित्रको काठमाडौँ बाहिर एफडि कम्पनि र उपत्यकामा काफिया फिल्म्सले वितरणको जिम्मा लिएका छन्।