१२ बैशाख २०८१, बुधबार

‘शमशेर’मा भित्रिए प्रकाश र सुमन

prakas auman

निर्देशक फाइनल नभएको सिनेमा ‘शमशेर’मा ‘साङ्लो र लभस्टेसन’ अभिनेता प्रकाश शाह र एभरेष्ट फिल्म एकेडेमीका विद्यार्थी सुमन थापा अनुबन्धित भएका छन् ।

उनीहरु दुवै जनाले सिनेमामा आफ्नो राम्रो र चुनौती पुर्ण भएकाले काम गर्न राजी भएको बताए । सिनेमाको मुख्य भुमिकामा यसअघि नै अभिनेता मनिष राउत र गौरव पहारी अनुबन्धित भैरहेका छन् । सिनेमाको हाल मुख्य अभिनेत्री र निर्देशकको खोजी भैरहेको निर्माण टिमले जानकारी दिएको छ ।

एक्सन जनरामा निर्माण गरिनेमा एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको व्यानरको लगानी रहनेछ । सिनेमामा हिमेश पन्त, सुमन गौतम, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको पनि अभिनय रहनेछ ।

सिनेमाको छायांकन काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा गरिनेछ । सीबड्र्स इन्टरटेनमेन्ट र धिरज प्रोडक्सनको सहकार्य रहने सिनेमामा राकेश दाहालको पोस्टर डिजाइनरका रुपमा रहेका छन् । चाँडै फ्लोरमा जाने तयारीमा रहेको सिनेमाका गीतमा अर्जुन पोखरेलको संगीत भर्नेछन् ।

    सम्बन्धित समाचार...