७ बैशाख २०८१, शुक्रबार

दलहरुबीच तालमेल नभए एक्लै चुनाव लड्नुपर्छ : प्रचण्ड

prachanda IRyjsLNp44
फाइल फोटो

नेकपा (माओवादी केन्द्र) स्थानीय तहको चुनावका लागि छिटो उम्मेदवार चयन गर्न केन्द्रित हुने भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ निवास खुमलटारमा शुक्रबार बिहान बसेको पूर्वस्थायी समिति र प्रदेश इञ्चार्जहरुको विस्तारित बैठकले उम्मेदवारहरु छिटो चयन गर्ने र परिणाम देखिने गरी अगाडि बढ्ने निर्णय गरेको हो ।

“जति सक्दो छिटो उम्मेदवार चयन गर्नका लागि वातावरण सिर्जना गर्ने भन्ने भएको छ,” एक नेताले भने । उनका अनुसार शीर्ष नेतृत्वले गठबन्धनमा रहेका दलहरुका बीचमा छलफल गर्ने र अन्य नेताहरु जिम्मेवारीअनुसार सम्बन्धित पालिकामा उम्मेदवार चयन गर्ने गरी प्रस्तुत हुने निर्णय भएको छ ।

बैठकमा पार्टी अध्यक्ष प्रचण्डले एकतावद्ध भइ परिणाम देखिने गरी चुनावमा होमिन निर्देशन दिए । सत्ता गठबन्धनका दलहरुबीच तालमेल नभए एमालेसँग तालमेल नगर्ने बरु एक्लै चुनाव लड्नुपर्ने प्रचण्डले बताएको एक नेताले बताए ।