१३ बैशाख २०८१, बिहीबार

नवप्रवेशी गुजरात शीर्ष स्थानमा उक्लियो

ipl

राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ ।

बिहीबार मुम्बइमा १९३ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर मात्र १५५ रन बनाउन सक्यो ।

राजस्थानका जोश बट्लरले सर्वाधिक ५४ रन बनाए । यस्तै शिम्रन हिटमायरले २९ रनको योगदान गरे ।

गुजरातका लकी फर्गुसन र यश डायलले समान तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १९२ रनको योगफल तयार पारेको थियो ।

गुजरातका कप्तान हार्दिक पाण्डयले सर्वाधिक अविजित र ८७ रन बनाए । यस्तै, अभिनव मनोहरले ४३ रनको योगदान गरे ।

जितसँगै गुजरातले ५ खेलबाट ८ अंक जोडेको छ । राजस्थानले ५ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा छ ।