११ बैशाख २०८१, मंगलवार

वार्षिक राशिफल २०७९: हेर्नुहोस् तपाईको यो वर्ष

Horoscope

मेष

याे राशि हुनेहरूका लागि २०७९ साल मध्यम रहनेछ । पद प्रतिष्ठा र आर्थिक पक्ष राम्रो हुनेछ, तर शनि, बृहस्पति, राहु तथा केतुले गर्दा दुख, कष्ट भोग्नुपर्ने, मानसिक चिन्ता, इज्जत र प्रतिष्ठामा ह्रास आउनसक्छ । शत्रु बढ्ने र अनावश्यक झमेलामा पर्न सकिनेछ, तर राम्रो कर्म गरे अनावश्यक शुभ फल पाइनेछ । माघ महिनबाट शुभ फल मिल्ने र आकस्मिक लाभ, सन्तान सुख, घरमा शुभकार्य हुने र धार्मिक यात्रा समेत हुनेछ ।

व्यापार/व्यवसाय
मेष राशिको लागि यो वर्ष आर्थिक धन फस्न सक्छ भने सेयरबजार, शिक्षाक्षेत्र तथा बिमा क्षेत्रमा गरिएको लगानी मौलाउनेछ भने धातु र स्वास्थ्यमा गरेको लगानीबाट त्यति राम्रै प्रतिफल पाइनेछैन । आर्थिक दृष्टिले असार, असोज र माघ महिना शुभ रहनेछ ।

प्रेम/सम्बन्ध
प्रेम सम्बन्ध र दाम्पत्य जीवनमा मतभेद र विश्वासमा कमी देखिनसक्छ । पैसाको कारणले आफन्त र नजिकका व्यक्तिबाट टाढिनु पर्ला । वर्षको अन्त्यमा भने प्रेम सम्बन्ध सुमधुर हुनेछ र घरपरिवारबाट टाढिएकाहरू नजिकिनेछन् । सन्तानको रहर गर्नेहरूले सन्तान सुख मिल्ने सम्भावना पनि रहेको छ ।

शिक्षा
अध्ययन अध्यापनमा सामान्य नै रहनेछ, तर शनि बृहस्पति, राहु तथा केतुले गर्दा कतै नाम निकाल्न गारो पर्नेछ । व्याक लागेका विद्यार्थीहरूले सम्बन्धित विषयमा उत्तीर्ण गर्न पनि समस्या आउला । शोध र टेक्निकल क्षेत्रका विद्यार्थीहरूलाई विशेष सफलता मिल्नेछ । पढाईको सिलसिलामा विदेश जानेले भने राम्रो सफलता पाउनेछन् ।

पेशा/रोजगार
यसपालि नयाँ लगानी, जागिर वा रोजगारले खासै राम्रो फल नमिल्ला । वैदेशिक रोजगारमा रहेकाहरूलाई भने यो वर्ष सफलता मिल्नेछ । जागिरेलाई सरुवा र बडुवाको सम्भावना पनि प्रबल छ, शनि राहु र केतुको कारणले विद्या र बुद्धिमा केही कमजोरी आउन सक्छ ।

स्वास्थ्य
यो वर्ष चोटपटकको भय रहेको छ, हात गोडामा चोट लाग्न सक्छ । मानसिक, टाउको तथा ग्यास्टिक रोगले सताउन सक्छ, र औषध उपचारमा खर्च बढ्नेछ । खानपानमा र यात्रा गर्दा बढी सतर्कता अपनाउन आवश्यक छ ।

शुभ रङ्ग
रातो, गुलाबी, पहेँलो, पर्पल र हरियो शुभ रङ्ग हो ।

शुभ अङ्क
१, ३, ५, ७ र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा
प्रत्येक बिहीबार या एकादशीको दिन विष्णु भगवानको, पूजा, जप, पाठ र उपासना गर्नाले ग्रहपीडा कम हुनेछ र भाग्यमा वृद्धि हुनेछ । प्रत्येक दिन मातापिता तथा पितृ देवताको आशीर्वाद लिनाले अधिक सफलता मिल्नेछ । वर, पिपल या अन्य वनस्पतिहरूको वृक्षारोपण गर्नाले पनि ग्रहबाधा कम हुने र भाग्यमा वृद्धि हुनेछ ।

वृष

राशिलाई यो वर्ष मिश्रित फल नै मिल्नेछ । देवगुरु बृहस्पतिको प्रभावले शुभ फल मिल्नेछ । सुख सुविधामा बढोत्तरी हुने, शिक्षाक्षेत्र र न्यायिक कार्यमा विशेष सफलता मिल्नेछ भने राहु र शनिको प्रभावले भने हानी नोक्सानी, चोटपटकको भय, सम्पत्तिमा विवाद, शत्रु बढ्ने जस्ता नराम्रा फलको सामना गर्नु पर्ला । जन्म कुण्डलीमा शनिग्रह बलवान हुने हरूले भने शनि ग्रहको नराम्रा फलको सामना गर्नु पर्दैन ।

व्यापार/व्यवसाय
यसवर्ष व्यापार व्यवसायमा विशेष गरि कृषि, पशु, शिक्षाक्षेत्र, सूचनाप्रविधि लगायतका विषयमा लाभ मिल्नेछ, तर आफन्त सँगको आर्थिक लेनदेनको कारणले दूरी बढ्न सक्छ । शेयर बजारको लगानी पनि निकै राम्रो रहन सक्छ । घरजग्गा र निर्माणको क्षेत्रमा गरिएको लगानीबाट राम्रो प्रतिफल पाइनेछ । आर्थिक दृष्टिले साउन, कार्तिक, कार्तिक र फाल्गुन महिना बढी राम्रो रहनेछ ।

प्रेम/सम्बन्ध
प्रेमी वा प्रेमीकाको सम्बन्ध कायम राख्न सहनशीलता हुन आवश्यक रहन्छ, नत्र चाँडो निर्णय लिने र फुर्सदमा पछुताउनु पर्ला । विपरीत वर्ग प्रति आकर्षण पनि बढ्नेछ । आफ्नो कामको सिलसिलामा घर परिवारबाट टाढा हुनु पर्ने बाध्यता आउनसक्छ ।

शिक्षा
यो वर्ष विद्यार्थीहरूले परीक्षामा राम्रै अङ्कले सफलता हासिल गर्न सक्छन् । अनुसन्धान र अध्यात्म क्षेत्रका विद्यार्थीले उच्च सफलता पाउनेछन् । गणित र व्यवस्थापन विषय भने कमजोर रहन सक्छ ।

पेशा/रोजगार
यो वर्षको ग्रह गोचर हेर्दा धेरै मिहिनेत र सङ्घर्ष गर्नु परे पनि नयाँ रोजगार पाइने र वैदेशिक क्षेत्रबाट पूर्ण सफलता मिल्नेछ । सरकारी जागिर खान खोज्ने हरूको लागि भने बढी मेहनेत गर्नु पर्नेछ । सामाजिक र राजनैतिक क्षेत्रमा आवद्ध जातकहरूलाई अधिक सफलता मिल्नेछ । ठेक्का पट्टा र दलाली काम गर्ने व्यक्तिहरूलाई पनि राम्रो सफलता मिल्नेछ।

स्वास्थ्य
स्वास्थ्यमा समस्या बढ्न सक्नेछ । आफ्नै सानो हेलचेक्र्याइँका कारणले ठुलो नोक्सानी बेहोर्नु पर्ला । प्रजनन र हड्डीमा समस्या देखिन सक्छ, तर नियमित खानपिन, व्यायाम र योग गर्नाले रोगहरू विस्तारै सुधार उन्मुख हुनेछन् ।

शुभ रङ्ग
सेतो, कालो, खैरो र घ्यू रङ्ग शुभ रङ्ग हो ।

शुभ अङ्क
२, ४, ६, र ८ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
ग्रह पीडाबाट बच्न र शुभ फल प्राप्त गर्न मंगलबार गणेशजीको दर्शन / पूजा गरे चाँडै सफलता पाइनेछ । रोगी र असहायलाई सहायता गर्नाले ग्रह पीडा कम भई भाग्यमा वृद्धि हुनेछ । कुनै शुभ कर्म गर्नु पूर्व या यात्रामा जानु अघि विघ्नहर्ता गणेश भगवानको स्मरण गर्नाले राम्रो हुनेछ ।

मिथुन

२०७९ साल मिथुन राशि भएका व्यक्तिहरूलाई यो वर्ष सामान्य नै रहनेछ । राहुको गोचरले राम्रो फल दिने र नयाँ कार्यको थालनी र जागिर पाइनेछ । रोकिएका वैदेशिक क्षेत्रका कामहरू सहजै अघि बढ्नेछ । शनिको अढैया दशा, केतु र बृहस्पतिको नकारात्मक प्रभावले झुटा आरोप, वादविवाद, डर र चिन्ता बढ्न सक्छ, स्वास्थ्य प्रतिकूल रहनसक्छ तर जन्म कुण्डलीमा बृहस्पति र शनिग्रह राम्रो पोजिसन रहेमा शुभ फल पाइनेछ ।

व्यापार/व्यवसाय
यो वर्ष मिथुन राशिका जातकहरूलाई व्यापार / व्यवसायबाट लाभ नै मिल्नेछ । नयाँ ठाउँमा लगानीको अवसर मिल्नेछ । प्राविधिक, फेन्सी तथा सजावटका क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । सेयर बजार अन्तर्गत वाणिज्य क्षेत्र बढी राम्रो रहला । यदि जन्म कुण्डलीमा शनि ग्रह स्वगृही, उच्च, मित्रगृही छ भने शनिको कृपाले निर्माण, धातु, मेसिनरी, इलेक्ट्रोनिक र टेक्नोलोजी क्षेत्रबाट शुभ फल मिल्नेछ । आर्थिक दृष्टिले वैशाख, भाद्र, र मंसिर महिना शुभ रहनेछ ।

प्रेम/सम्बन्ध
यसपालि नयाँ सम्बन्ध नजोडेकै राम्रो हुन्छ । प्रेम र मित्रताको बन्धमा दूरी बढ्न सक्छ, साथै पुरानो र नयाँ सम्बन्धमा मनमुटाव आउने र आफन्त पनि टाढिन्छन्, तर जन्मकुण्डलीमा सप्तम भावको पोजिसन राम्रो भएमा आफ्नो अनुकूलताको शुभ फल पाइनेछ ।

शिक्षा
अध्ययन र अध्यापनमा रूचि घट्नेछ । विद्या र बुद्धिको विकास नहुन सक्छ । विदेशिएका विद्यार्थीहरूले भने स्वदेश भन्दा बढी सफलता हासिल गर्नेछन् । आर्किटेक्चर, विज्ञान र स्वास्थ्य क्षेत्रका शिक्षार्थीहरूलाई बढी सफलता मिल्नेछ ।

पेशा/रोजगार
यो वर्ष नयाँ रोजगार पाइने र ठाउँ परिवर्तनको योग रहेको छ । सरकारी पद र ठूला सङ्घ संस्थामा आवद्ध पनि हुन सकिनेछ । वादविवादमा नपरेकै जति हुनेछ, अन्यथा दुख पाइने र अपजस खेप्नु पर्ला । आफ्नो पेशाबाट राम्रो फाइदा मिल्नेछ तर, विपक्षी भने बढ्न सक्नेछन् ।

स्वास्थ्य
मानसिक चिन्ता र समस्या बढ्न सक्छ । रक्त विकार र शीर्ष पीडाको भय पनि उत्तिकै रहनेछ । ग्यास्टिकको समस्या बढ्न सक्छ त्यसैले खानपिनमा विशेष ध्यान दिनु र व्यायाम गर्नु हितकर हुनेछ । मंसिर महिनाबाट स्वास्थ्यमा सुधार आउनेछ ।

शुभ रङ्ग
हरियो, निलो, खैरो र सेतो शुभ रङ्ग हो ।

शुभ अङ्क
१, ३, ६, र ८ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
मंगलबार विघ्नहर्ता गणेशजी र शनिवार हनुमानजीको व्रत, दर्शन तथा पूजा गर्ने, गरिब तथा अपाङ्गहरूलाई सहयोग गर्ने साथै शनि ग्रहको शान्ति, जप, पाठ, पूजा र हवन आदि गराउनाले ग्रह पीडा कम भई अधिक सफलता मिल्नेछ, तर सत्कर्म गर्नेहरूलाई नवग्रहको कृपा सदैव रहन्छ ।

कर्कट

२०७९ सालमा कर्कट राशि हुनेहरूका लागि सुखदायी नै रहनेछ । बृहस्पतिको अनुकूलताले वर्ष भरिनै भाग्यमा वृद्धि हुनेछ । सन्तान सुख मिल्नेछ । शुभ, धार्मिक यात्रा र मङ्गल कार्यको योग पनि रहनेछ । व्यवसायीक सन्दर्भमा नयाँ व्यक्ति र नयाँ कम्पनीसँग आवद्ध भइनेछ । वैदेशिक यात्रा हुनेछ, तर विश्वासिलो व्यक्तिसँगको सम्बन्धमा नचाहँदा नचाहँदै चिसोपना आउनसक्छ ।

व्यापार/व्यवसाय
यो वर्ष व्यापार व्यवसायमा लगानी गर्नु फलदायी नै रहने छ । प्रविधि, शैक्षिक क्षेत्र, खानेकुरा, पर्यटक र शेयर कारोबार राम्रो रहने छैन । घर जग्गामा लागेकाहरूलाई भने त्यति राम्रो नरहन सक्छ । आर्थिक दृष्टिले वैशाख, जेठ, असोज महिना बलियो रहनेछ भने असार र पुष महिना कमजोर रहनेछ ।

प्रेम/सम्बन्ध
यो वर्ष प्रेममा परेका व्यक्तिहरूले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्न सक्ने र घर परिवारको समर्थन पनि लिन सक्छन् । वैशाख र साउन महिनामा तपाईंलाई कसैले मन पराउन सक्छन् र टाढिएका मित्रसँग पुन: सम्बन्ध गाँसिन सक्छ घरपरिवारसँग सम्बन्ध पनि बलियो नै हुनेछ ।

शिक्षा
यो वर्ष अध्ययन र अध्यापनको लागि राम्रो रहेको छ । अड्कीएका विषय उत्तीर्ण गर्न सकिनेछ । वैदेशिक क्षेत्रका शिक्षार्थीहरूलाई पनि राम्रै सफलता मिल्नेछ । स्वस्थ, प्राविधिक र इन्जिनियरिङका शिक्षार्थीहरूलाई अधिक राम्रो हुने र देश विदेशको यात्रा तय हुनेछन् ।

पेशा/रोजगार
स्वास्थ्य, सेवा र निर्माणका विषयमा आवद्ध व्यक्तिहरूलाई राम्रो लाभ मिल्नेछ । सामाजिक क्षेत्रमा काम गर्नेहरूले राज्यबाट मान सम्मान पाउनेछन् । शिक्षक तथा सुरक्षा निकायका कर्मचारीहरूलाई सरुवा र बढुवा हुनसक्छ । वैदेशिक रोजगार र भने कमजोर हुनेछ ।

स्वास्थ्य
स्वास्थ्य सामान्य नै रहनेछ । घरपरिवारको औषध उपचारमा खर्च बढ्नेछ । नसा तथा हड्डीको समस्या बढ्न सक्छ, अत: आफ्नो स्वास्थ्यप्रति सतर्कता अपनाउनु उचित होला ।

शुभ रङ्ग
सेतो, गुलाबी, कालो, पहेँलो र खैरो शुभ रङ्ग हो ।

शुभ अङ्क
२, ५, ७, र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
गौ सेवा या वृद्धहरूलाई सहयोग गर्नाले मानसिक शान्ति मिल्नेछ । सोमबार शिवजीको दर्शन, पूजा र आरधना गर्नाले ग्रह पीडा कम हुनेछ । प्रत्येक दिन निमुखा प्राणी तथा चराचुरुङ्गीलाई खानेकुरा दिनाले पनि भाग्यमा वृद्धि हुनेछ।

सिंह

याे राशि हुनेहरूका लागि २०७९ साल सुखदायी नै रहनेछ, वर्ष भरीनै शनिको कारणले भौतिक सुख मिल्ने र वैदेशिक कार्य राम्रो हुनेछ, तर स्वदेशको कमाईले व्यवहार धान्न गारो पर्ला । कसै कसैलाई सन्तान सुख मिल्ने र भाग्यमा वृद्धि हुनेछ । बृहस्पति र राहुको कारणले गरेको कार्यमा ढिलासुस्ती हुने, चोटपटकको भय रहने, विद्या र बुद्धि पनि ह्रास आउनेछ ।

व्यापार/व्यवसाय
यो वर्ष आर्थिक पक्ष सबल नै रहने देखिन्छ । पर्यटन, निर्माण र घरजग्गाको कारोबार फस्टाउनेछ । पुरानो ऋण तिर्न सकिनेछ, तर आय भन्दा व्यय बढ्नेछ । सेयर बजारको कारोबार भने सुझबुझमा भर पर्छ । प्राविधिक क्षेत्रमा गरेको लगानीबाट पनि राम्रो प्रतिफल पाइनेछ, तर खाद्यान्न र तरल पदार्थको व्यवसायबाट नोक्सानी हुन सक्छ । जेठ, असार र असोज महिना शुभ छ ।

प्रेम/सम्बन्ध
सबैसँगको सम्बन्ध सामान्य नै रहनेछ । पतिपत्नी या प्रेमी प्रेमिकाका बिच समझदारी बढ्ने र सम्बन्ध अझै प्रगाढ हुनेछ । शत्रुबाट छुटकारा पनि मिल्नेछ । वर्षको उत्तरार्धमा नयाँ प्रेम प्रसङ्गमा नपरेकै राम्रो हुनेछ, अत: विवाद बढ्न सक्छ र आफ्नो कार्य क्षेत्रका सहकर्मीसँग भने मनमुटाव पनि बढ्नसक्छ ।

शिक्षा
यो वर्ष पठनपाठनमा जाँगर घट्नेछ । विशेषगरि कला, साहित्य र मनोरञ्जन विषयका विद्यार्थीहरूले उत्कृष्ट नतिजा पाउनेछन् । रोकिएका अधुरा विषयमा पनि उत्तीर्ण हुन सकिनेछ । वैदेशिक विद्यार्थीहरूले भने अलि बढी मिहिनेत र संघर्ष गर्नु पर्ला । शैक्षिक क्षेत्रबाट साउन, असोज र चैत्र महिनामा अधिक सफलता मिल्नेछ ।

पेशा/रोजगार
यो वर्ष वैदेशिक व्यापार या रोजगारीकोआम्दानी घट्नेछ । नयाँ ठाउँमा लगानीको अवसर मिल्नेछ भने नयाँ कार्य, पद र प्रतिष्ठा समेत पाइनेछ । प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । हार्डवेयर र स्वास्थ्य पेशामा आवद्ध व्यक्तिहरूको लागि निक्कै राम्रो हुनेछ ।

स्वास्थ्य
यो वर्ष रक्तचाप, हृदय र नशाको समस्या बढ्न सक्छ, अत: स्वास्थ्यप्रति सजग रहनु होला । छाला तथा प्रजनन समस्या हल हुनेछ ।

शुभ रङ्ग
रातो, निलो, खौरो र गुलाबी शुभ रङ्ग हो ।

शुभ अङ्क
१, ५, ६ र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
ग्रह पीडाबाट बच्न राहु र बृहस्पतिको शान्ति गर्दा राम्रो हुनेछ । भगवान श्रीकृष्ण र लक्ष्मीजीको दर्शन, पूजा, आरधना, पाठ गर्नाले राम्रो हुनेछ । सत् मार्गमा हिड्ने र सत्य बोल्नेलाई भगवानको आशीर्वाद प्राप्त भई भाग्यमा वृद्धि हुनेछ ।

कन्या

याे राशि भएका व्यक्तिहरूका लागि यो वर्ष माध्यम फलदायी रहनेछ । देवगुरु बृहस्पति शुभ रहने हुनाले समस्याहरूको हाल हुन सक्नेछ । सामाजिक र राजनैतिक कार्यमा मन जानेछ । भौतिक सम्पत्तिमा बढोत्तरी हुनेछ र अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । राहु र केतु अशुभ फल दिन सक्छ भने शनिले गर्दा सन्तान सुख नमिल्ला । वर्षको अन्त्य तिर अधुरा कामहरू पूरा हुन सक्छ ।

व्यापार/व्यवसाय
यो वर्ष व्यापार तथा व्यवसायबाट अपेक्षित लाभ लिन सकिएला । घरजग्गाको कारोबारबाट फाइदा मिल्नेछ भने वर्षको उत्तरार्धमा कृषि, पशु र पर्यटकीय क्षेत्रको लगानी फलदायक हुनेछ । सेयरबजारमा लगानी गर्नेहरू भने सचेत रहनुपर्छ । वैशाख र भाद्र महिनामा धनमाल हराउन सक्छ सजग रहनु होला । आर्थिक दृष्टिकोणले असार, साउन, र फाल्गुन महिना शुभ रहनेछन् ।

प्रेम/सम्बन्ध
प्रेम सम्बन्धमा सफलता मिल्नेछ । प्रेम सम्बन्धलाई अगाडि बढाउनु राम्रै हुनेछ । साउन महिनामा नयाँ व्यक्तिसँग नयाँ सम्बन्धको सुरुवात हुन सक्छ । असार महिनामा प्रेमी र प्रेमिकाका घर परिवारबाट केही अप्ठ्यारा परिस्थितिहरू पनि सिर्जना हुनसक्छ । आफन्त, दाजुभाइ तथा घरपरिवारसँगको विवाद भने समाप्त हुनेछ ।

शिक्षा
वर्षको सुरुमा शिक्षाक्षेत्र त्यति राम्रो नरहला मङ्सिरबाट भने राम्रै रहन सक्छ । आई. टी. र वाणिज्य विषयका विद्यार्थीहरूलाई विशेष लाभ मिल्नेछ । व्यवस्थापन र भाषाका शिक्षार्थीहरूलाई भने यो वर्ष कमजोर सावित हुनसक्छ । शैक्षिक क्षेत्रबाट साउन र कार्तिक महिनामा अधिक सफलता मिल्नेछ ।

पेशा/रोजगार
यो वर्ष विशेष गरि वैदेशिक क्षेत्रका काम बन्ने र रोजगारीको राम्रो अवसर मिल्नेछ । निजी क्षेत्रका कर्मचारीको जागिरमा बढोत्तरी तथा पदोन्नति हुने योग छ । पत्रकारिता, चालक र पहिरन पेशामा आवद्ध व्यक्तिहरूलाई अधिक सफलता मिल्नेछ । संयुक्तरुपमा गरिएको लगानी फलदायी नहुन सक्छ ।

स्वास्थ्य
यो वर्ष राहु र केतुको कारणले स्वास्थ्यमा समस्या बढ्न सक्नेछ । यात्रा गर्दा वा गाडी चलाउँदा चोटपटकको भय छ र खानपिनमा पनि विचार पुर्याउनु आवश्यक छ । शरीरले दु:ख पाउने र घर परिवारको स्वास्थ्यमा थप खर्च बढ्नेछ । त्यसैले स्वास्थ्य प्रति सचेत रहनु होला ।

शुभ रङ्ग
निलो, रातो, खरानी, र हरियो शुभ रङ्ग हो ।

शुभ अङ्क
१, ३, ६ र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
राहु र केतुको नकारात्मक प्रभावबाट बच्न भैरवजीको दर्शन, पूजा र उपासना गर्नाले ग्रह पीडा कम हुने र भाग्यमा वृद्धि हुनेछ । पद र प्रतिष्ठा प्राप्तिका लागि दैनिक रोगीलाई सेवा गर्नाले राम्रो हुनेछ । जन्म दिनमा वृक्षारोपण गर्नाले पनि ग्रह वाधा कम हुनेछ । प्रत्येक दिन गुरु तथा माता पिताको आशीर्वाद लिई सत्य बोल्दिनाले पनि चाँडै सफलता पाइनेछ ।

तुला

याे राशि भएका व्यक्तिहरू का लागि २०७९ साल मिश्रित फलदायी वर्ष रहनेछ । बृहस्पति, शनि, राहु र केतुको प्रभावले वर्ष भरिनै त्यति राम्रो फल नमिल्ला र गरेको कार्यमा उल्झन र चोटपटकको भए पनि रहनेछ, तर भौतिक सुख भने मिल्नेछ । बृहस्पति, शनि, राहु र केतुको ग्रह शान्ति गर्दा भने शुभ फल मिल्नेछ । यदि जन्म कुण्डलीमा बृहस्पति र शनि उच्च, स्वगृह तथा मित्रगृह ग्रहहरू भए अधिक शुभ फल मिल्ने निश्चित छ ।

व्यापार/व्यवसाय
व्यापार वा व्यावसायिक दृष्टिले एस वर्ष नयाँ ठाउँमा लगानी नगरेकै जाती हुनेछ । सामूहिक रूपमा नयाँ व्यक्तिसँग व्यवसाय सुरु गर्न सकिनेछ । शेयर बजारमा गरेको लगानीले पनि सफलता दिलाउनेछ । मेसिनरी वस्तुमा गरेको लगानीले सफलता नमिल्न सक्छ । नगद सापटी लिनेहरू पनि टाडीन सक्छन् । व्यवसायीक दृष्टिले श्रावण, भाद्र र पुष महिना राम्रो हुनेछ ।

प्रेम/सम्बन्ध
दाम्पत्य जीवन तथा प्रेमी / प्रेमिकाका सम्बन्धमा सामान्य उतारचढाव आउनसक्छ । प्रेमी जोडीको सम्बन्धलाई विवाहमा परिणत गर्न पनि गाह्रो होला, तर जन्मकुण्डलीमा सप्तम भाव बलियो भएका व्यक्तिहरूलाई भने कुनैपनि सम्बन्ध नराम्रो हुँदैन ।

शिक्षा
यो वर्ष शैक्षिक क्षेत्रबाट त्यति राम्रो प्रतिफल नमिल्ला । मनमा चञ्चलता बढ्नाले पढाईमा ध्यान दिन नसकिएला । गणित र व्यवस्थापन विषयका विद्यार्थीहरू बढी कमजोर हुनसक्छन् । इन्जिनियरिङ् विषयका विद्यार्थीहरूलाई भने विशेष सफलता मिल्नेछ । भाद्र र फागुन महिनामा रोकिएको परीक्षा उत्तीर्ण गर्न भने सकिन्छ ।

पेशा/रोजगार
जागिरे हरूलाई अबजस आइलाग्न सक्छ । पेशा वा रोजगारमा दबाब र तनाव बढेको महसुस हुनेछ । सामाजिक तथा राजनैतिक क्षेत्रमा जनताले असमर्थता जनाउन सक्छन् । सामूहिक व्यवसायमा पनि खासै राम्रो हुनेछैन । वैदेशिक रोजगारमा लागेकालाई भने राम्रै हुनेछ ।

स्वास्थ्य
यो वर्षमा शरीरमा आलस्यता बढ्नेछ । घर परिवारको स्वास्थ्यमा धन खर्च हुनेछ । रक्त सञ्चारको समस्या पनि बढ्न सक्छ, अत: नियमित व्यायामको अभ्यासले शरीरलाई सन्तुलनमा राख्न सहयोग गर्नेछ ।

शुभ रङ्ग
सेतो, निलो, कालो र पहेँलो शुभ रङ्ग हो ।

शुभ अङ्क
३, ५, ६ र ८ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपा
प्रत्येक विहीवार लक्ष्मीनारायणको पूजा र उपासना गर्नाले ग्रह पीडा कम भई शुभ फल मिल्नेछ । बिहीवार कालो पहिरन नगरेकै राम्रो हुन्छ । बृहस्पति, शनि, राहु र केतुको ग्रह शान्ति गर्ने । आफ्नो जन्म दिनमा रोगीलाई साथ र सहयोग गर्नेहरूलाई भने ग्रह पीडा कम भई अधिक शुभ फल मिल्नेछ । प्रत्येक दिन आफ्नो इष्ट देवताको स्मरण गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

वृश्चिक

याे राशिका जातकका लागि समग्रमा २०७९ साल शुभ फलदायी रहनेछ । बृहस्पति र राहुको प्रभावले वर्षभरी नै राम्रो फल दिने र भाग्यमा वृद्धि हुनेछ । आँटेको र गरेको कार्यबाट सफलता मिल्नेछ । नसोचेको ठाउँबाट चमत्कारी लाभ पनि मिल्नेछ । माघ २७ गते सम्म जन्म कुण्डलीमा शनि कमजोर हुनेलाई भने शनि अढैयाको प्रभावले आरोपप्रत्यारोप, धन हानी, कार्यमा ढिलासुस्ती, आर्थिक नोक्सानी जस्ता फल भोग्नु पर्ला ।

व्यापार/व्यवसाय
वैदेशिक लगानी र वित्तीय संस्थामा गरेको लगानीबाट निकै सफलता मिल्नेछ । स्वास्थ्य व्यवसाय, घर जग्गामा गरेको लगानीबाट पनि राम्रो प्रतिफल पाइनेछ, तर सेयरबजार र धातु जन्य सामानको व्यवसायबाट नोक्सानी हुन सक्छ । असोज र पुष महिनामा धन हानी हुनेछ भने वैशाख र माघ महिनामा अधिक लाभ मिल्नेछ ।

प्रेम/सम्बन्ध
यो वर्ष प्रेम प्रसंगका लागि सामान्य रहेको छ अतः प्रेममा सफलता प्राप्त गर्न धैर्य र सत्यताको आवश्यक पर्दछ । कसै कसैको जन्मकुण्डलीमा गण गुण राम्रो हुन गाएमा प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सकिन्छ ।

शिक्षा
स्वदेश तथा विदेश पढ्न गएका विद्यार्थीहरूलाई शैक्षिक क्षेत्रबाट मिहिनेत अनुसार सफलता मिल्नेछ । विज्ञान र गणित विषयका विद्यार्थीहरूलाई विशेष सफलता मिल्नेछ, तर वैशाख र जेठ महिनामा विद्यामा ह्रास आउनसक्छ ।

पेशा/रोजगार
नयाँ जागिरको अवसर मिल्नेछ र वैदेशिक रोजगारको सम्भावना पनि रहेको छ । पर्यटन र प्राविधिक क्षेत्रका पेशाकर्मीहरूले राम्रो सफलता हात पर्नेछ । राजनैतिक र सामाजिक क्षेत्रबाट पनि ख्याति कमाउन सकिनेछ ।

स्वास्थ्य
रक्तसञ्चारमा र वायु विकारले समस्यामा पार्न सक्छ । टाउको तथा आँखाको समस्या पनि बढ्नसक्छ । परिवारको स्वास्थ्यमा धन खर्च बढ्नसक्छ, उचित परामर्श र स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ ।

शुभ रङ्ग
सुन्तला रङ्ग, रातो, खैरो, सेतो र पर्पल शुभ रङ्ग हो ।

शुभ अङ्क
१, २, ३, ७ र ८ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
प्रत्येक मंगलबार गणेशजीको दर्शन पूजा, आराधना एवं पूजा गर्नाले ग्रह पीडा कम भई शुभ फल मिल्नेछ । विपन्न वर्गाका विद्यार्थीहरूलाई सहयोग गर्ने, खानेकुरा दिने र मान्यजनको आशीर्वाद लिनाले राम्रो हुनेछ । कुनै शुभ कर्म गर्नपूर्व या यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको दर्शन / पूजापछि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

धनु

याे राशि हुनेहरूका लागि यो वर्ष सामान्य रहने देखिन्छ । केतुको प्रभावले कीर्ति बढेर जाने, धनलाभ हुने र बेलाबेलामा सुखको अनुभूति मिल्नेछ । शनिको साढेसाती, बृहस्पति र राहुको गोचरले भने चिन्ता, हानी, वाधा, नोक्सानी र कार्यसम्पादनमा उल्झन, बेलाबेलामा मनमा दुबिधा हुनेछ, तर घरपरिवारमा माङ्गलिक कार्य आयोजना हुनेछ, अत: मिश्रित फल पाइनेछ ।

व्यापार/व्यवसाय
यो वर्ष आर्थिक स्तर पनि मिश्रित रहनेछ । मदिरा, प्रेस, तथा स्वास्थ्य व्यवसायीलाई राम्रो फाइदा हुनेछ । घरजग्गा, गाडी तथा मेटलका व्यवसायमा उल्झन र नोक्सानी पनि हुनसक्छ । शेयर बजार भने सुझबुझ र अनुभवमा भर पर्ने हुन्छ । पार्टनरसिपमा गरेको कार्यमा पनि विवाद उत्पन्न हुन सक्छ अत: विचार पुर्याउनु पर्नेछ । आर्थिक दृष्टिले असार, साउन र मंसिर महिना राम्रो हुनेछ ।

प्रेम/सम्बन्ध
यो वर्ष नयाँ प्रेम सम्बन्ध जोडिनेछ साथै प्रेम र मित्रताको बन्धन कसिलो हुने र प्रेम सम्बन्धलाई विवाहमा परिणत समेत हुन सक्छ, तर जन्मकुण्डलीमा सप्तमेस कमजोर हुनेहरूलाई विवाद उत्पन्न हुन सक्छ र पारिवारिक मन मुटाब समेत बढ्न सक्छ साथै दाम्पत्य जीवनमा पनि मतभेद बढ्ने सम्भावना रहन्छ ।

शिक्षा
वर्षको सुरुको महिनामा शैक्षिक क्षेत्र कमजोर रहन सक्छ । जति पढे पनि स्मरण गर्न गाह्रो हुने र पढाईमा ध्यानाकर्षण नहोला, तर मध्यबाट भने शैक्षिक क्षेत्र राम्रो हुनेछ । आई. टी. र शोध विषयका विद्यार्थीहरूले पढाईमा उत्कृष्ट नतिजा पाउनेछन् । कानून र वाणिज्य विषयका विद्यार्थीहरूको लागि भने यो वर्ष कमजोर सावित हुनसक्छ ।

पेशा/रोजगार
यो वर्ष लगानी गरेको ठाउँबाट त्यति लाभ नमिल्ला, अत: लगानी गर्नु पूर्व विचार गर्नु पर्छ । रोजगाका लागि विदेश जानेहरूका लागि भने राम्रो छ । सरकारी जागिरेलाई सरुवा र बढुवाको योग पनि छ । एजेन्ट, समाजसेवा तथा राजनैतिक क्षेत्रमा समय दिनेहरूले जनताको राम्रो समर्थन प्राप्त गर्नेछन् ।

स्वास्थ्य
हड्डी, मानसिक, अनुहारमा तथा छालासँग सम्बन्ध समस्या बढ्नसक्छ र आफ्नो तथा आफ्नो हितैषीको औषध उपचारमा धन खर्च बढ्नेछ । राम्रो स्वास्थ्यको लागि खानपिन र व्यायामको नियमित अभ्यास गर्नुहोला ।

शुभ रङ्ग
घ्यू रङ्ग, सुन्तला रङ्ग, हरियो र निलो शुभ रङ्ग हो ।

शुभ अङ्क
१, ३, ५, ६ र ८ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
आफ्नो ग्रह पीडाबाट बच्न र भाग्यलाई अझै वृद्धि गराउनको लागि बिहीवार विष्णु भगवानको दर्शन / पूजा गरि शाकाहारी भोजन गर्नाले राम्रो हुनेछ । प्रत्येक बिहीवार निमुखा प्राणीलाई खानेकुरा दिने र वृद्धजनलाई सहयोग गर्नाले भाग्यमा वृद्धि हुनेछ । बिहीवार कै दिन केराको वृक्षारोपण र पूजन गर्नाले पनि भाग्यमा वृद्धि हुनेछ ।

मकर

याे राशिका जातकहरूका लागि यो वर्ष मध्यम नै रहनेछ । माघ २७ सम्म शनिग्रहको साढेसातीले सकारात्मक फल नदेला । बृहस्पति र राहु पनि अशुभ स्थानमा गोचर गर्नाले पनि मनमा डर, आर्थिक उतारचढाव हुनसक्छ र नजिकका व्यक्तिसँग वादविवाद तथा दूरी बढ्न सक्छ, वर्षको मध्यमा मनमा राम्रै भएपनि अनेकौं तर्क र खुलदुली उत्पन्न हुनेछ र ठोस निर्णय लिन नसकिएला । असार, भाद्र, कार्तिक र चैत्र महिनामा बढी शुभ फल मिल्नेछ ।

व्यापार/व्यवसाय
व्यापारीका दृष्टिले यो वर्ष सामान्य उतारचढाव हुनसक्छ, अत: धैर्यता आवश्यक छ । आस मारिसकेको र रोकिएका धन हात पर्न सक्छ । तरल पदार्थ, घरजग्गा, शृंगार र सेयरबजारबाट राम्रो सफलता मिल्नेछ । कृषि र खाद्यान्नको कारोबारमा भने मन्दी आउनेछ । आर्थिक दृष्टिले वैशाख, साउन, भाद्र र मंसिर महिना लाभदायक रहनेछ ।

प्रेम/सम्बन्ध
यो वर्षको ग्रह गोचर हेर्दा तपाईंको प्रेम प्रसङ्गका लागि मध्यम नै रहनेछ । पुराना प्रेमी जोडीहरूको सम्बन्ध सुमधुर हुँदै पारिवारिक समर्थन मिल्नेछ । दाम्पत्य जीवनमा भने आर्थिक असमझदारीले दूरी बढ्न सक्नेछ, तर पुराना सम्बन्ध र टाढिएका व्यक्ति नजिकै हुनसक्छन् ।

शिक्षा
यो वर्ष अध्ययन अध्यापनको क्षेत्रमा सुधार आउनेछ र मिहिनेत गरे अनुसार बढी सफलता मिल्नेछ । वर्षको पूर्वार्द्धमा रिजल्ट राम्रो नहोला, तर उत्तरार्धमा रिजल्ट राम्रै हुन सक्नेछ । भाषा, प्राविधिक तथा टेक्निकल विषयका विद्यार्थीहरूलाई अधिक सफलता मिल्नेछ । विदेश गएका विद्यार्थीहरूलाई भने अलि संघर्ष गर्नु पर्ला ।

पेशा/रोजगार
यो वर्ष आफ्नो कार्य क्षेत्रमा झमेला आउन सक्नेछ । श्रावण महिना पछि नयाँ पेशा वा नयाँ रोजगारको अवसर आउनेछ । सरकारी कर्मचारीहरूले बढी सजगता अपनाउनु पर्नेछ । शनिको कारणले झुटा आरोप लाग्न सक्नेछ र कानूनी झमेला तथा राजनैतिक क्षेत्रमा पनि विविध समस्या र संघर्ष खेप्नु पर्ला ।

स्वास्थ्य
प्रजनन, आँखा र नसाको समस्या बढ्न सक्छ र दीर्घकालीन औषधी सेवनको सम्भावना पनि रहन्छ । आफन्त र घरपरिवारका लागि स्वास्थ्य उपचारमा खर्च पनि बढ्नेछ । पाचन प्रणाली र रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्छ, अत: खानपिनमा सावधानी अपनाउनु होला ।

शुभ रङ्ग
कालो, रातो, गुलाबी, निलो र पहेँलो शुभ रङ्ग हो ।

शुभ अङ्क
२, ६, ७, ८ र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
ग्रह पीडा कमगर्न शनि, बृहस्पति, राहु र केतुको ग्रह शान्ति गर्दा राम्रो हुनेछ साथै शनिबार हनुमानजीको दर्शन, पूजा र व्रत बस्नाले पनि राम्रो हुन्छ । जन्मदिन वा शनिबार बरपिपलको वृक्षारोपण गर्दा भाग्यको बढोत्तरी हुने र गरेको कार्यबाट सफलता मिल्दै जानेछ । आफ्नो जन्म बारमा शाकाहारी खाना खाने र कुनै शुभ कर्म गर्नपूर्व या यात्रामा जानु अघि हनुमानजीको स्मरण गर्नाले अधिक राम्रो हुनेछ ।

कुम्भ

याे राशि हुनेहरूको लागि यो शुभ नै रहनेछ । वर्षभरि नै बृहस्पति र राहुको प्रभावले रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछ । घर परिवारमा शुभ र माङ्गलिक कार्यको आयोजना हुनेछ । नजिकैका व्यक्तिबाट भरपूर साथ र सहयोग मिल्ने र विजय प्राप्त हुनेछ । केतु र शनिको साढेसातीले भने चिन्ता, नोक्सानी र कार्यसम्पादनमा उल्झन, बेलाबेलामा मनमा दुबिधा उत्पन्न हुनेछ अत: मिश्रित फल पाइनेछ ।

व्यापार/व्यवसाय
व्यापार वा व्यावसायिक दृष्टिले यो वर्ष त्यति राम्रो नरहन सक्छ । जग्गाजमिनको काममा भने विवाद बढ्न सक्छ, तर कृषि, पशु, इलेक्ट्रोनिक र कपडाको व्यवसायबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । वैदेशिक क्षेत्रमा लगानीका लागि समय राम्रो छ । सेयर बजार पनि त्यति राम्रो नहोला । आर्थिक दृष्टिले वैशाख, साउन, मंसिर र माघ महिना बढी सकारात्मक हुनसक्छ ।

प्रेम/सम्बन्ध
यो वर्ष प्रेम गर्न चाहनेले नयाँ प्रेम सम्बन्ध स्थापित गर्न सक्छन्, तर प्रेम सम्बन्धलाई परिवारले समर्थन गर्न गाह्रै पर्ला । घर परिवारमा हुने शुभ तथा मांगलिक कार्यले बिग्रिएको पारिवारिक सम्बन्धलाई मजबुत बनाउनेछ, शत्रुसँग सम्बन्ध सुल्झन पनि सक्छ ।

शिक्षा
शिक्षाको लागि यो वर्ष सफल र फलदायी नै रहने भएकाले राम्रो नतिजा पाइनेछ । पढाई लेखईको लागि विदेश जाने योग पनि छ । चिकित्सा र डिजाइनका विद्यार्थीहरूलाई बढी सफलता मिल्ने देखिन्छ । भाषा र गणित विषय भने कमजोर रहनसक्छ ।

पेशा/रोजगार
यो वर्ष नयाँ रोजगार वा व्यवसायको सुरुवात हुने राम्रो योग रहेको छ । सामाजिक, वैदेशिक, राजनैतिक तथा कूटनैतिक क्षेत्रका व्यक्तिहरूलाई निकै राम्रो हुनेछ, तर अपजसको सामना भने गर्नुपर्ला

स्वास्थ्य
वर्षको उत्तरार्धमा स्वास्थ्यमा सुधार आउने र पुराना रोग काम हुन सक्छ । शनि र केतुको कारणले अस्पताल सम्मको यात्रा गर्नुपर्ला । वायु विकारका साथै रक्त सम्बन्धी समस्या बढ्ने भएकाले आफ्नो खानपिन र स्वास्थ्यको विशेष ख्याल गर्नुहोला ।

शुभ रङ्ग
रातो, सेतो, निलो र पहेँलो शुभ रङ्ग हो ।

शुभ अङ्क
२, ३, ७, र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
शनिबार दुर्गाजीको दर्शन, उपासना र आरधना गरि गरेको कार्यबाट अधिक लाभ मिल्नेछ । प्रत्येक शनिबार संकटा मन्दिरमा दियो बाल्ने र असहायलाई सहयोग गर्दा राम्रो हुनेछ । केतु र शनिको शान्ति गर्ने र वृक्षारोपण गर्नाले पनि ग्रह पीडा कम हुनेछ । कुनै शुभ कर्म गर्नु पूर्व या यात्रामा जानु अघि दुर्गाजीको स्मरण गर्नाले अधिक सफलता मिल्नेछ

मीन

याे राशि हुनेहरूका लागि यो वर्ष राम्रै फल मिल्नेछ, यश, कृति, लाभ, विजय, वाक्सिद्धि हुने र आफन्तको सहयोग मिल्नेछ । बृहस्पति र राहुको कारण जातकहरूलाई गरेको कार्यमा उल्झन, ढिलासुस्ती, काम बिग्रने र चोटपटकको भय रहनेछ, तर जन्मकुण्डलीमा शनि लगायत अन्य ग्रह राम्रो हुनेहरूका लागि शुभ फल मिल्ने, विद्या र बुद्धिको विकास हुने र चमत्कारी ढङ्गले सफलता दिलाउनेछ ।

व्यापार/व्यवसाय
यो वर्ष व्यापार व्यवसायबाट राम्रो सफलता मिल्नेछ । एजेन्ट, सजावटी, जग्गा जमिन र मोटरगाडीबाट चमत्कारी लाभ मिल्नेछ । सेयर बजार अन्तर्गत बिमा र बैङ्किङ क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । कृषि व्यवसायबाट बढी सफलता पाइनेछ । आर्थिक दृष्टिले जेठ, भाद्र, मंसिर र माघ महिनामा बढी लाभ हुनेछ ।

प्रेम/सम्बन्ध
प्रेम र मित्रताको बन्धन सामान्य रहनेछ । पुराना र टाढिएका मित्रसँग गोपनीय ढंगले सामीप्यता बढ्नेछ । दाम्पत्य जीवनमा माया प्रेम एवं समझदारी भने कायम नै रहनेछ । शनि कमजोर रहने जातकहरूलाई वाणीमा लगाम लगाउन आवश्यक देखिन्छ, अन्यथा जुनसुकै सम्बन्ध पनि बिग्रन सक्छ ।

शिक्षा
विज्ञान र सामाजिक विषयका विद्यार्थीहरूलाई बढी सफलता मिल्नेछ । भाषा, स्वास्थ्य विषय तथा शिक्षाको लागि वैदेशिक क्षेत्रमा रहेका विद्यार्थीहरूलाई भने यो वर्ष त्यति राम्रो देखिन्न, अत: विद्यामा सफलता पाउन बढी मिहिनेत गर्नु पर्नेछ ।

पेशा/रोजगार
यो वर्ष नयाँ कार्यको थालनी र गरेको लगानीले राम्रो सफलता पाउनेछ । वैदेशिक रोजगार भने सामान्य नै रहनेछ । सञ्चार, बिलासीता तथा मनोरञ्जन पेशामा आवद्ध व्यक्तिहरूलाई भने बढी सफलता मिल्नेछ । पर्यटन र कृषिको लगानीमा भने झमेला र समस्या बढ्न सक्छ ।

स्वास्थ्य
यो वर्ष स्वास्थ्यमा उतार चढाव आउन सक्छ । नयाँ रोग देखा पर्नाले अस्पतालको यात्रा गर्नु पर्ला, त्यसैले खानपिनमा सावधानी र नियमित व्यायाम गर्नु बुद्धिमानी हुनेछ । नासा तथा प्रजननमा पनि सामान्य समस्या बढ्न सक्छ ।

शुभ रङ्ग
रातो, गुलाबी, कालो, पहेँलो र खैरो शुभ रङ्ग हो ।

शुभ अङ्क
१, २, ६, ८ , र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
प्रत्येक शुक्रवार लक्ष्मीजीको दर्शन, पूजा र उपासना गर्नाले ग्रह पीडा कम भई समृद्धि मिल्नेछ । असहायलाई खुसी पार्नसके आकस्मिक सफलताहरू मिल्नेछन् । आफ्नो जन्मवार शाकाहारी भोजन र रोगीहरूको उपकार गर्नाले पनि सफलता मिल्नेछ । आफ्नो सत्कर्म गर्ने र सत्य बोल्दिनाले पनि ग्रह पीडा कम हुने र भाग्यमा वृद्धि हुनेछ ।

    सम्बन्धित समाचार...