१२ बैशाख २०८१, बुधबार

फाईदा उठाउने रणनितिमा एमाले, प्रत्युपादक बन्ने खतरा गठबन्धनमा !

gathbandan vs uml

अझ बढि मजबुत र अझ बढि स्थानमा जित हात पार्ने उदेश्यका साथ सत्ता गठबन्धनले गरेको चुनावी तालमेलको निर्णय प्रत्युपादक बन्ने खतरा बढेको छ ।

प्रमुख घटक कांग्रेसभित्र देखिएको फरक मत, दलहरुको खिचातानी र प्रस्तावित तालमेलको मोडालिटि विरुद्धको जिल्लास्तरका नेताहरुको मनस्थितीका कारण तालमेल प्रभावकारी नहुने देखिएको हो । जसको फाईदा एमालेलेको पोल्टामा पुग्ने देखिएको छ ।

प्रतिगमनका मतियारलाई परास्त गर्ने भन्दै एक भएकाहरु अहिले वेमेल र अलमलको पासोमा फसेका छन । अर्थात स्थानीय तह निर्वाचनमा तालमेल सहित जाने निर्णय गरेको सत्ताघटक दलहरु यतिवेला चौतर्फी चुनौतीको सामना गरिरहेका छन ।

एकातर्फ प्रमुख सत्ताघटक दल कांग्रेसभित्रै तालमेलका विषयमा एक मत छैन भने स्थानीय तहमा केन्द्रको निर्णय नमान्नेहरु वढिरहेका छन ।

अर्कातर्फ कुन क्षेत्र र सिट कसले कति पाउने भन्नेमै प्रष्ट नहुँदा आफ्नो उपस्थितीका आधारमा दलगत रुपमै पनि दावेदारहरु देखा पर्न थालेका छन । जसले गठबन्धनलाई नाममात्रको बनाउने सम्भावना अझ बढेको छ ।

स्थानीय तहलाई तालमेलको सम्पूर्ण जिम्मेवारी दिँदा ‘भद्रगोल’ हुने स्थिति देखेपछि तल्ला तहलाई उम्मेदवार चयनको प्रक्रिया रोक्न लगाएर केन्द्रले मापदण्ड बनाएर यसलाई सम्बोधन गर्ने प्रयास भएपनि त्यो पनि सफल हुने अवस्था देखिएको छैन । यहि भद्रगोल देखेका एमाले अध्यक्ष केपी शर्मा ओली हौसिएका छन् ।

यसैपनि सत्ता गठबन्धनमा अन्तुष्टहरुको लिष्ट नै बनाएर बसेका उनी एक ढिक्का एमालेका साथ अघि बढिरहेका छन । सत्ता घटकहरु वाँडफाँडमा रुमल्लिरहँदाँ एमाले उमेद्धारी सिफारिस मै लागि सकेको छ । केहि अन्तुष्टहरु धुरुधुरु रोएपनि विद्रोह नै गर्न भने नसकेको अहिलेको अवस्थामा पार्टी प्रवेशले पनि एमालेले आफूलाई बलियो बनाँउदै लगेको छ । यसले गठबन्धनलाई चुनौती थपिदिएको छ ।

यता गठबन्धन नाममात्रको बन्ने सम्भावना बढ्दै जादा विद्यमान सिट पनि गुमाउने अवस्थामा सत्तारुढ दलहरु छन् । गत संघिय निर्वाचनको उदाहरण हेर्दा पनि एमाले र माओवादीको गठबन्धन हुँदा जुनजुन स्थानमा गठबन्धनको तर्फबाट माओवादीले उमेद्धारी दिएको थियो त्यहा कांग्रेसले जित पारेको देखिन्छ । अर्थात एमाले माओवादी तालमेल भएको स्थानमा कांग्रेसले गठबन्धनको वेमेलको फाईदा लिएको थियो भने शिकार माओवादी बनेको थियो ।

अव यहि रणनिति स्थानीय तहमा अपनाउने दाउमा एमाले छ । यसैपनि मतभार कम भएका ठाँउमा एकीकृत समाजवादी र माओवादीलाई कांग्रेसको ठुलो मत खसाल्न चुनौती देखिन्छ जसको फाईदा एमालले लिने देखिन्छ । विगतमा आफैले हराएकाले टिकट पाउने र कांग्रेसका उमेद्धारले टिकट नपाउदा कांग्रेसबाट अन्र्तघात नहुने आधार के भन्ने प्रश्न पनि उब्जिएका छन ।

विगतका प्रतिस्पर्धीले नै अहिले गठबन्धनमा हुँदा आफुलाई पराजित गर्नेलाई मत दिनु भन्दा अर्को कम्युनिष्ट एमालेलाई मत दिने मनस्थितीमा कार्यकर्ता पुग्न सक्छन । यसरी खुकुरीको धारमा हिडरहेको सत्ता गठबन्धनले कसरी तालमेललाई प्रभावकारी रुपमा अघि बढाउछन त ?

यता पुरै स्थानीय तहमा उमेद्धार दिदा समेत भाग नपुगेका कांग्रेसलाई गठबन्धनबाट उभ्रिएको केहि स्थान पर्याप्त हुन सक्दैन । जसले जन्माउने अन्र्तघात पनि आफूलाई फाईदाजनक हुने एमालेको बुझाई छ ।

गठबन्धनमा पछिल्लो निर्वाचनको मतभारका आधारमा सिट वितरण हुने निर्णय भएपनि त्यो सबै स्थानमा लागु हुने देखिदैन । यद्यपी गत निर्वाचनमा गठबन्धनमा रहेका दलले नेतृत्व जितेका र प्रतिस्पर्धाको दोस्रो स्थानको मत पनि गठबन्धनभित्रकै दलले ल्याएका पालिकामा मित्रवत् प्रतिस्पर्धा गर्नुपर्ने वातावरण बनाउन सत्ता घटक दल लागी परेका छन । त्यस्तै जितेकालाई प्रमुख र निकटतम प्रतिस्पर्धी दललाई उपप्रमुख दिएर मिलाउने गठबन्धनको प्रयास जारी छ ।