७ बैशाख २०८१, शुक्रबार

(विज्ञप्तिसहित) सरकारले साख गुमाएको ओलीको टिप्पणी, अर्थमन्त्रीलाई ‘अराजक’ को संज्ञा

kp oli pokhara
फाइल फोटो

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आफ्नो साख गुमाएको टिप्पणी गरेका छन् । नयाँ वर्ष २०७९ को अवसरमा जारी शुभकामना सन्देशमार्फत अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्–‘सरकारले साख गुमाएको छ, विकास साझेदारको विश्वास गुम्दैछ । सरकारमाथि व्यवसायिक क्षेत्रको विश्वास गुमेको छ । निजी क्षेत्र यो सरकारबाट निराश छ ।’

अध्यक्ष ओलीले वर्तमान सत्ता गठबन्धनलाई ‘सेटिङ–सिद्धान्त’ मा विश्वास गर्ने गठबन्धनको संज्ञा दिएका छन् । उनले गठबन्धनले सरकारले विज्ञहरुको सुझाव र प्रतिपक्षी दलको खबरदारीलाई मनन नगरेको बरु उल्टै प्रतिवादमा उत्रिएको पनि आरोप लगाएका छन् ।

ओलीले अर्थमन्त्री जनार्दन शर्मालाई अराजक अर्थमन्त्रीको रुपमा चित्रण गरेका छन् । उनले अराजक अर्थमन्त्रीको दबाबमा भागबण्डाको टेकोमा उभिएका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि एकपछि अर्को गलत निर्णय लिईरहेको आरोप लगाएका छन् । उनले भनेका छन्–‘सबैभन्दा पछिल्लो निर्णयको रुपमा गभर्नरमाथि गैरकानूनी कारबाही रहेको छ ।’

kp oli 18
3 1
2 1
4 1