७ बैशाख २०८१, शुक्रबार

सत्ताघटकहरु चुनाव हारे के हुन्छ ? प्रतिफल नदिने तालमेल किन गर्दै छन् !

gathbandan vs uml

देश निर्वाचनमय भईरहँदा मुख्य प्रतिस्पर्धीका रुपमा सत्ता गठबन्धन र एमाले देखिएका छन । ओलीको प्रतिगमन र संविधान विरोध गतिविधि विरुद्ध एक भएको भनिएका सत्ताघटकहरु कसै गरी एमालेलाई हराउने रणनितिमा छन । तर उनीहरुको सो अनुरुप अघि बढ्न भने सकेका छैनन । फलत यो नाममात्रको गठबन्धन बन्ने धेरैको विश्लेषण छ ।

यतिवेला राजनीतिक दलहरु चुनावी प्रचारप्रसारमा व्यस्त छन । जनता घरआगनसम्म पुग्न भ्याईनभ्याईको अवस्था छन भने चुनावी सरगर्मी ह्वात्तै बढेको छ । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उमेद्धार सिफारिसको कार्य नै सुरु गरिसक्दा समेत सत्ता गठबन्धनका दलहरु भने पद वाडफाडमै अलमल गरिरहेका छन ।

उनीहरुको उदेश्य दुई–चार स्थानमा बढी जनप्रतिनिधि जितेर राज्यको साधनस्रोतमा हालीमुहाली गर्ने भन्दा माथि उठ्न सकेको छैन । भोलिका दिनमा सरकारमा जाने सहजताका लागि केन्द्रमा तालमेल सहित चुनावमा जाने निर्णय भए पनि सोहि अनुरुप स्थानीय तह तयार हुन सकेको छैन ।

जसको विरुद्ध कांग्रेसभित्रै ठुलो तप्काले विरोध गर्दै आएको छ भने अन्य घटकले पनि आफू हेपिने अवस्था सैह्य नहुने बताउदै आएका छन । विश्लेषकहरु पनि यो निर्वाचन मुख्य गरी लामो चुनावी ईतिहासका कारण भोट लगभग सेटिङ भइसकेको दल कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने बताँउदै आएका छन । फलत आफूलाई जति नै छहारी कांग्रेसलाई पनि चाहिएको माओवादी केन्द्र र एकीकृत समाजवादीको बुझाई छ ।

कोहि भन्दा को कमको यहि स्थितीका कारण गठबन्धनभित्र रस्साकस्सी चुलिदो छ । यहि बुझेको प्रमुख प्रतिपक्षी एमालेले उमेद्धारी घोषणासम्ममा गठबन्धन नै फुट्ने बताँउदै आएको छ । राज्यको दोहनका लागि लोभीपापीहरुको अप्राकृतिक गठबन्धन बनेको टिप्पणी गर्दै आएका एमालेका नेताहरुले आफ्नो पार्टी नै पहिलो बन्ने नै दावी गर्दै आएका छन ।

स्वयम सत्ताघटक भित्रै पनि तालमेलकै कारण मत आउनेमा आशंका रहदाँ गठबन्धन सफल नहुने सम्भावना बढेर गएको छ । अर्थात तालमेल सहित चुनावमा गए पनि कांग्रेसले कम्युनिष्ट र कम्युनिष्टले कांग्रेसलाई भोट हाल्नेमा नेताहरु विश्वस्त छैनन् । जसले तालमेल नाममा मात्र सिमित बनेर आशातित प्रतिफल प्राप्त नगर्ने गठबन्धन विरोधीहरु बताउछन । तर गठबन्धन सफल नभए पनि कांग्रेस भने फाईदामै रहेने राजनीतिक विश्लेषकहरु बताउछन ।

चुनावी तालमेलको विषय भन्दा कम्युनिष्ट फुटको विषय कांग्रेसका लागि महत्वपूर्ण भएको उनीहरुको तर्क छ । तर प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीलाई अझ बढि सिट जिताउछु भन्दै केन्द्रबाट गठबन्धन लाद्न खोजे त्यो भने प्रत्युत्पादक हुने विश्लेषकहरु बताउछन ।

यदि तालमेल सफल हुन नसके ओली अझ बलियो बन्ने तथा भर्खर फुटेर बनेको नेकपा एकीकृत समाजवादीले सबैभन्दा बढि क्षती ब्यहोर्ने विश्लेष पुरञ्जन आचार्यको बुझाई छ । कुनै पनि पार्टी कति वलियो छ भन्ने आधार उसको तल्लोतह सम्मको संगठनले निर्धारण गर्दछ ।

स्थानीय चुनाव पार्टी निर्माण गर्ने महत्वपूर्ण आधार भएपनि त्यसतर्फ दलहरुको ध्यान जान सकेको छैन । दुई–चार स्थानमा बढी जनप्रतिनिधि जितेर राज्यको साधन स्रोतमा हालीमुहाली गर्ने मुख्य उदेश्यकै कारण गठबन्धन पहिलो प्राथमिकतामा पर्ने गरेको छ । तर गठबन्धन नै फेल भए न आधार बन्ने न ईज्जत नै बाँकि रहने अवस्थाका वीच एमालेले भने अझ ठूलो हुंकारका साथ अघि बढ्ने अवसर पाउने छ ।