७ बैशाख २०८१, शुक्रबार

मिलेर निर्वाचन लड्न माओवादी केन्द्र र एकीकृत समाजवादीलाई एमालेको प्रस्ताव

uml logo1628521956

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई मिलेर निर्वाचन लड्न प्रस्ताव गरेको छ ।

सुदूरपश्चिम प्रदेशका जिल्ला र पालिका नेतृत्वसँग एमालेले मिलेर जान प्रस्ताव अघि सारेको हो । केन्द्रमा एकीकृत समाजवादीको अस्तित्व स्वीकार नगर्ने जनाएको एमालेले तल्लो तहमा भने निरन्तर सहकार्यको प्रस्ताव अघि सारिरहेको बताईको छ ।

एमालेका जिल्ला नेताहरूले डोटी, अछाम, डडेलधुरा र कैलालीमा स्थानीय तह निर्वाचनमा मिलेर जान प्रस्ताव गरेका हुन् । आसन्न निर्वाचनमा सत्ता गठबन्धन दलहरूबीच तालमेल गर्ने सहमति भएको छ ।

सार्वजनिक रूपमा एमाले नेताहरूले माओवादी र एकीकृत समाजवादीका नेताको रुखो आलोचना गर्दै आएका छन् । सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीको राम्रो प्रभाव रहेकोले एमाले लचिलो भएको हो । कतिपय वडा र पालिकामा स्थानीय नेताहरूले सहकार्य गर्ने सम्बन्धमा छलफल समेत अगाडि बढाएको पाइएको छ ।

एमालेले सहकार्यको प्रस्ताव अघि सारे पनि आफूहरू पार्टी नेतृत्व र नीतिभन्दा बाहिर नजाने एकिकृत समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका उपाध्यक्ष हर्क सिंह बताउनुभयो ।

एमाले नेताहरुले कांग्रेससँगको तालमेलमा पाउने सिटभन्दा आफूहरू बढी दिन तयार रहेको बताएको माओवादी र एकीकृत समाजवादीका नेताहरूको भनाइ छ ।