१५ चैत्र २०८०, बिहीबार

ठूलो स्वास्थ्य समस्या आउन सक्ने चिकित्सकले चेतावनी श्रीलंकामा

srilanka flag

श्रीलंकामा ठूलो स्वास्थ्य समस्या आउन सक्ने चिकित्सकले चेतावनी दिएका छन ।

आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा जीवनदायी औषधीको समेत अभाव हुन थालेपछि चिकित्सकले ठूलो स्वास्थ्य समस्या आउन सक्ने चेतावनी दिएका हुन् । देशभर हृदयघातका विरामी र नवजात शिशुहरुका लागि आवश्यक औषधी समेत अभाव देखिएपछि चिकित्सकहरुले स्वास्थ्य प्रणाली नै ठप्प हुने र मानवीय समस्या आउनसक्ने भन्दै सडकमा निस्किएका छन् ।

समस्या कतिसम्म विकराल बनेको छ भने विजुली आपूर्ति बन्द हुँदा दुर्गम क्षेत्रमा चिकित्सकहरु सर्पले टोकेका विरामीका घाउँमा अध्यारोमा टाँका लगाउन बाध्य छन् । अस्पतालहरुले नियमित शल्यक्रियाहरु रोकेका छन् भने ल्याब टेष्टहरु पनि हुनसक्ने अवस्था छैन । सरकारी चिकित्सक र स्वास्थ्यकर्मीहरु नै सडकमा उत्रिनुपर्ने अवस्थाले त्यहाँको स्वास्थ्य प्रणाली नै ध्वस्त हुने अवस्थामा पुगेको प्रष्ट पारेको छ ।

देशका सवै अस्पताल बन्द हुने अवस्थामा रहेको भन्दै सरकारी मेडिकल अफिसर्स एशोसियसनका सचिव डा.सेनेगल फर्नाण्डोले अर्को दुई सातामा औषधी र उपचार नपाएर थुप्रै मानिसहरुले ज्यान गुमाउनुपर्ने चेतावनी समेत दिएका छन् । विरामीको उपचार हुन नसकेर ज्यान गयो भने कुनै पनि बेला अस्पतालहरुमा दंगा हुनसक्ने चिन्ता चिकित्सकहरुले ब्यक्त गरेका छन् ।

स्वास्थ्य अवस्था यति भयावह भईसक्दा समेत सरकारले सर्वसाधारणलाई आश्वस्त पार्न नसकेको भन्दै चिकित्सकहरु आक्रोशित भएका छन् ।