१२ बैशाख २०८१, बुधबार

तरंग उत्पन्न शंशाक कोइरालाको त्यो बोलीले !

shashank koirala
फाइल फोटो

नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा नेता डाक्टर शंशाक कोइरालाले आफूले निर्वाचनमा ६ करोड खर्च गरेको तथ्य सार्वजनिक गरेपछि तरंग उत्पन्न भएको छ ।

निर्वाचन आयोगले खर्चका लागि तोकेको रकमभन्दा बढी चुनावी खर्च हुँदा आचारसंहिता आकर्षित हुनै सकेन । यसले आयोगप्रति प्रश्न खडा भएको छ ।

हरेक चुनावमा निर्वाचन आयोगले उम्मेदवारले खर्च गर्ने अधिकतम सीमा तोकेको हुन्छ । २ हजार ७४ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि आयोगले खर्चको सीमा तोकेको थियो । त्यतिबेला प्रतिनिधिसभाका उम्मदेवारले खर्च गर्न पाउने अधिकतम २५ लाख रुपैयाँ थियो भने प्रदेशसभा तर्फका उम्मेदवारले १५ लाख रुपैयाँ मात्र खर्च गर्न पाउने सीमा तोकिएको थियो ।

२०७४ सालको निर्वाचनमा नवलपरासी बर्दघाट सुस्ता पूर्वबाट निर्वाचित नेपाली कांग्रेसका नेता डाक्टर शंशाक कोइरालाले निर्वाचन आयोगले तोकेको भन्दा एक गुणा होइन् दुई गुणा होइन् २४ गुणा बढी रकम खर्च गरेको स्वीकार गर्नु भएको छ । अर्थात २५ लाख तोकेकोमा कोइरालाले ६ करोड रुपैयाँ खर्च गरेको सार्वजनिक अभिव्यक्ति नै दिनुभयो ।

कोइरालाले निर्वाचन सम्पन्न भएको झण्डै ५ वर्षपछि आफूले गरेको खर्च सार्वजनिक गरेर इमान्दारिता देखाए पनि निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा बुझाउनु पर्ने व्यवस्था छ । निर्वाचन सम्पन्न भएपछि कोइरालले आफूले गरेको खर्चको विवरण बुझाउनु भयो भएन् वा बुझाए पनि कति खर्च गरेको विवरण प्रस्तुत गर्नु भयो रु कोइरालाको अभिव्यक्तिसँगै उहाँ समक्ष नैतिक प्रश्न खडा भएको छ ।

त्यस्तै कोइरालाले हल्का रुपमा निर्वाचनको खर्चको विषयमा अभिव्यक्ति दिएपछि यो गम्भीर विषय भएकाले आयोगले पनि यस्को सत्यतथ्य जाँच गर्नुपर्ने अवस्था आएको छ । कांग्रेस नेता कोइरालाले निर्वाचनको खर्च सार्वजनिक गरेर इमान्दारिता देखाएपनि ६–६ करोड रुपैयाँको स्रोत के हो रु त्यो भने खुलाउनु भएको छैन। खर्च गरेको रकम सार्वजनिक गरिसकेपछि कोइरालाले खर्चको स्रोत पनि खुलाउनुपर्ने आवश्यकता देखिएको छ ।

कोइरालाको अभिव्यक्तिसँगै स्रोत खुलाउन माग पनि हुन थालेको छ । उहाँसंगै प्रतिस्पर्धा गरेका हरिप्रसाद गौतमले सामाजिक सञ्जाल ट्वीरटमार्फत प्रश्न गर्नु भएको छ । कोइरालाले निर्वाचन जित्दा आफू तेस्रो स्थानमा मत ल्याएको बताएका गौतमले ६ करोड रुपैयाँको स्रोत के हो भन्दै प्रश्न उठाउनु भएको छ ।

उहाँले गरेको ट्वीटमा प्रतिक्रिया दिँदै कांग्रेस नेता लोकेश ढकालले पनि प्रतिक्रिया दिनु भएको छ । उहाँले कोइरालाले सत्य कुरा बोलेको भएपनि नैतिक संकट खडा गरेको बताउनु भएको छ । आयोगले तोकेको सीमाभित्र निर्वाचन खर्च नचल्ने कुरा सत्य भएको पनि ढकालले स्पष्ट पार्नु भएको छ ।

कतिपयले गौतमलाई पनि निर्वाचनको खर्चको विषयमा प्रश्न गरेका छन् । गौतमले आफूले निर्वाचनमा एक लाख १० हजार रुपैयाँ खर्च गरेको दाबी गर्नु भएको छ । पछिल्लो समय निर्वाचन खर्चिलो बन्दै गएको र उम्मेदवारले धान्नै नसक्ने भएको भन्दै चिन्ता व्यक्त हुँदै आएको छ ।

भड्किलो प्रचार शैली, कतिपय अवस्थामा पैसा खर्च गरेर मत किन्ने परिपाटीको विकास हुनु, कार्यकर्तालाई हिसावकिताव नराखी रकम वितरण गर्दा पनि निर्वाचनको खर्च हरेक वर्ष बढ्दै गएको छ । अचाक्ली रुपमा बढेको महंगी पनि निर्वाचन खर्च बढ्ने प्रमुख कारण बनेको छ ।