८ बैशाख २०८१, शनिबार

मन्त्रीबाट हटाइएको दुई दिनपछि जानकारी पाए !

Taralal Tamang

नेकपा एकीकृत समाजवादी नेपालका तारालामा तामाङ गत १ असोजमा सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भए । मन्त्री बनेको सात महिनामै उनको पद खुस्कियो । मन्त्रिबाट हटाइएको दुई दिनपछि मात्रै उनले जानकारी पाए ।

कञ्चनपुरबाट निर्वाचित प्रदेशसभा सदस्य समेत रहेका लामाले मन्त्रीबाट हटाइएको जानकारी दुई दिनपछि मात्रै पाएका हुन् । मुख्यमन्त्री त्रिलोचन भट्टले २५ चैतमा मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । जसमा लामाको ठाउँमा समाजवादीकै प्रदेशसभा सदस्य प्रकाश रावललाई मन्त्री बनाएका थिए ।

उनले सामाजिक सञ्जालमा मन्त्रिबाट हटाइएको जानकारी दुई दिनपछि मात्रै पाएको जनाएका छन् । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले उनलाई फिर्ता बोलाएको थियो । शुक्रबार मन्त्रिपरिषद् हेरफेर गरिएको थियो । तर, उनले त्यो जानकारी आइतबार मात्रै पाएका हुन् । उनको ठाउँमा प्रकाश रावललाई पठाएको थियो ।

उनले फेसबुकमा लेखेका छन्, ‘सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डलमा हेरफेर भयो रे भन्ने सुनियो त ।’ एकीकृत समाजवादीले गत शुक्रबार आफ्नो पार्टीका तर्फबाट प्रदेश सरकारमा रहेका तीन मन्त्री र राज्यमन्त्रीलाई फिर्ता बोलाएको थियो। एकीकृत समाजवादीबाट मन्त्री बनेका आन्तरिक मामिलामन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का र आर्थिक मामिलामन्त्री तारा लामा तामाङलाई फिर्ता बोलाइएको थियो।

उनले मन्त्रीबाट फिर्ता बोलाउँदा पार्टीमा कुनै छलफल नगरेको बताए । उनले फिर्ता हुने जानकारी नदिइएको प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

    सम्बन्धित समाचार...