१५ चैत्र २०८०, बिहीबार

मनोरञ्जन करअन्तर्गत फिल्म हल, दोहोरी साँझ, क्यासिनो छिर्दा कर बुझाउनु पर्ने

kathmandu metropolitan city

काठमाडौँ महानगरपालिकाले मनोरञ्जन करअन्तर्गत फिल्म, दोहोरी साँझदेखि क्यासिनो जानेलाई अलगअलग करको दर कायम गरेको छ ।

काठमाडौँ महानगरपालिका राजश्व विभागका अनुसार फिल्म हलमा फिल्म प्रदर्शन गर्दा दर्शकहरुबाट प्रति टिकट ५ प्रतिशत र सांस्कृतिक प्रदर्शन हल, नाटकघर, फन पार्क, वाटर गार्डेन, बाल उद्यान, फुटसल, जुम्बा, मसाज एन्ड एस्पा, स्विमिङ पुल र पार्क प्रवेश गर्दा एकमुष्ठ प्रति टिकट ५ प्रतिशत बुझाउन पनि राजश्व विभागले निर्देशन दिएको छ ।

यसैगरी, दोहोरी साँझ जानेलाई २० रुपैयाँ र क्यासिनो छिर्नेलाई ५० रुपैयाँ ब्यक्तिगत कर बुझाउन निर्देशन दिएको हो । विभागका अनुसार भिडियो घर, कन्सर्ट, दोहोरी साँझ, डान्सबार तथा नाइट क्लब प्रवेश गर्ने ग्राहकवाट प्रति ब्यक्ति २० रुपैँया र क्यासिनो प्रवेश गर्ने ग्राहकबाट प्रति ब्यक्ति ५० रुपैयाँ कर उठाउन निर्देशन दिएको हो ।

बाग्मती प्रदेशको आर्थिक ऐन–२०७८ को अनुसूची ३ ले तोकेअनुसार उक्त दररेट कायम गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।