१५ चैत्र २०८०, बिहीबार

‘डी सिने अवार्ड’मा ‘मारुनी’को वर्चस्व

maruni team

शनिबार धुलिखेलमा आयोजना भएको ‘१२ औं डी सिने अवार्ड’मा नेपाली फिल्म ‘मारुनी’को वर्चस्व देखिएको छ । २ बर्ष अगाडि रिलिज भएका फिल्महरुलाई समावेश गरेर आयोजना गरिएको अवार्डमा उत्कृष्ट फिल्मको अवार्ड ‘मारुनी’ले प्राप्त गर्यो ।

पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मबाट निर्देशक नवल नेपाल, नायक पुष्प खड्का, छायांकार संजय लामा, गायक कृष्ण काफ्ले, कथा लेखक गोविन्द फुयाँलले पनि अवार्ड जिते । अवार्ड ग्रहण गर्दै फिल्मकी निर्मात्री पूनम गौतमले भनिन्–‘राम्रो फिल्म बनाएको खण्डमा मुल्यांकन हुँदोरहेछ भन्ने महशुश भएको छ । आगामी दिनमा अझै उत्कृष्ट फिल्म बनाउने वाचा गर्दछु ।’

अवार्ड समारोहमा ‘छ माया छपक्कै’ फिल्मले ८ विधा र ‘साङ्लो’ले ६ विधामा अवार्ड जितेका थिए ।

कलाकार मोहन निरौला, निर्देशक राजेन्द्र उप्रेती, संगीतकार सन्तोष श्रेष्ठ र नायिका शोभिात सिंखडा अवार्डको जुरी थिए ।

नायिकातर्फ केकी अधिकारीले ‘छ माया छपक्कै’बाट अवार्ड जित्दै गर्दा जुरी अवार्डतर्फ यही चलचित्रबाट निर्देशक दीपेन्द्र लामाले अवार्ड जिते । पपुलर फिल्मको अवार्ड पनि ‘छ माया छपक्कै’को पोल्टामा गयो ।

puspa and keki

कार्यक्रममा ‘लाइफटाइम लिजेन्ड्री अवार्ड’ नेपाली फिल्मकी पहिलो नायिका भूवन चन्दलाई प्रदान गरियो । नगद २५ हजार, सम्मान पत्र र दोसल्लासहित उनलाई अवार्ड प्रदान गरिएको थियो ।

छायाँछवि चलचित्रकर्मी रजत सम्मान अभिनेता विजय लामा र झरना थापालाई प्रदान गरियो । यस्तै, छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार रंग पत्रकार विष्णु सुवेदीलाई नगद १२ हजार २ सय २२ रुपैयाँसहित प्रदान गरियो ।

विभिन्न २७ विधामा प्रदान गरिएको अवार्डका विजेताहरुको नाम यसप्रकार छः

१. उत्कृष्ट पाश्व संगीत – एलिस कार्की : साङ्लो

२. उत्कृष्ट ध्वनीमिश्रण -अमित श्रेष्ठ : जात्रै जात्रा

३. उत्कृष्ट गीतकार – राजेन्द्र थापा – जुनको जुनेली : छ माया छपक्कै

४. उत्कृष्ट पाश्र्व गायिका – इतु जोजीजु – बिर्सन सकिन : मखमलीमखमली

५. उत्कृष्ट पाश्र्व गायक – कृष्ण काफ्ले – हाने मैले झटारो : मारुनी

६. उत्कृष्ट चलचित्रलोक संगीत संगीतकार – बसन्त थापा – जुनको जुनेली : छ माया छपक्कै

७. उत्कृष्ट संगीतकार – अर्जुन पोखरेल – सुन्यौ की सुनेनौ : लभ डायरीज

८. उत्कृष्ट नृत्य निर्देशक – कविराज गहतराज – एम जी रोडैमा : हजार जुनीसम्म

९. उत्कृष्ट द्वन्द्व निर्देशक – श्री श्रेष्ठ – साङलो

१०. उत्कृष्ट हाँस्यकलाकार – केदार प्रसाद घिमिरे : छ माया छपक्कै

११. उत्कृष्ट खलपात्र – प्रकाश शाह : साङ्लो

१२. उत्कृष्ट कथा – गोविन्द फूयांल : मारुनी

१३. उत्कृष्ट पटकथा – आशुतोष राज श्रेष्ठ : जाईरा

१४. उत्कृष्ट सम्वाद – रामबाबु गुुरुङ – उपेन्द्र सुब्बा : कबड्डी कबड्डी कबड्डी

१५. उत्कृष्ट नव–नायिका – रुवीना थापा : लभ डायरीज

१६. उत्कृष्ट नव–नायक – अंकीत शर्मा : रातो टीका निधारमा

१७. उत्कृष्ट नव–निर्देशक – विराज भट्ट – साङ्लो

१८. उत्कृष्ट चरित्र अभिनेत्री – मिथिला शर्मा : आमा

१९. उत्कृष्ट चरित्र अभिनेता – माओत्से गुरुङ : कबड्डी कबड्डी कबड्डी

२०. उत्कृष्ट सह–अभिनेत्री – स्वस्तीमा खड्का : हजार जुनीसम्म

२१. उत्कृष्ट सह–अभिनेता – जीतु नेपाल : छ माया छपक्कै

२२. उत्कृष्ट छायाँकार – सञ्जय लामा : मारुनी

२३. उत्कृष्ट सम्पादक – बिपिन मल्ल : छ माया छपक्कै

२४. उत्कृष्ट अभिनेत्री – केकी अधिकारी : छ माया छपक्कै

२५. उत्कृष्ट अभिनेता – पुष्प खड्का : मारुनी

२६. उत्कृष्ट निर्देशक – नवल नेपाल : मारुनी

२७. उत्कृष्ट फिल्म – मारुनी : पुनम इन्टरटेनमेन्ट प्रा.लि.

प्रोत्साहन अवार्ड – क्षितिज सुवेदी : वीर विक्रम २

साउण्ड एडिटर – किशोर आचार्य : सानो मन

भिएफएक्स आर्टिस्ट – समिर मियाँ : साङ्लो

वर्षको पपुलर गायिका – मिलन नेवार : चरीले काफल – साङ्लो

निर्देशक – दीपेन्द्र लामा : छ माया छपक्कै

पपुलर फिल्म – छ माया छपक्कै : रोहित अधिकारी फिल्म्स् एण्ड आमा सरस्वती मूभिज् प्रा.लि.

maruni nepali movie