७ बैशाख २०८१, शुक्रबार

शीर्ष स्थानको रियल मड्रिडले जित निकाल्दा एट्लेटिको मड्रिड पराजित

reall

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको फरक खेलमा शीर्ष स्थानको रियल मड्रिडले जित निकाल्दा एट्लेटिको मड्रिड पराजित भएको छ ।

रियल मड्रिडले घरेलु मैदान सान्टियागो बर्नबेउमा गेटाफेलाई २–० अन्तरले पराजित गरेको हो । रियलको जितमा क्यासमिरो र लुकास भास्क्वेजले गोल गरे ।

३८औँ मिनेटमा क्यासमिरोको गोलबाट रियलले अग्रता बनायो । ६८औँ मिनेटमा लुकास भास्क्वेजले गोल गर्दै सहज जित दिलाए ।

जितसँगै रियलको ३१ खेलबाट ७२ अंक पुगेको छ । दोस्रो स्थानको सेभियाको ६० तथा दुई खेल कम खेलेको बार्सिलोनाको ५७ अंक छ । पराजित गेटाफे ३२ अंक जोडेर १४औँ स्थानमा रहेको छ ।

अर्को खेलमा एट्लेटिको मलोर्कासँग १–० अन्तरले स्तब्ध भयो । ६८औँ मिनेटमा भेडाड मुरिकीले पेनाल्टीमार्फत गरे गरेका थिए ।

बाँकी समय एट्लेटिको खेलमा फर्कने प्रयास गरेपनि सफल भएन ।

जितसँगै मलोर्का ३१ खेलबाट २९ अंक जोडेर रेलिगेसन जोनभन्दा एक स्थान माथि १७औँ स्थानमा छ । एट्लेटिको ३१ खेलबाट ५७ अंक जोडेर चौथो स्थानमा रहेको छ । सेभियाको ६० अंक छ ।