८ बैशाख २०८१, शनिबार

फेरि व्यञ्जनकार सर्वसम्मत उम्मेदवार एमालेबाट ललितपुरको मेयरमा

harikrishna

नेकपा एमालेबाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन हुनुभएको छ ।

शनिबार बसेको नेकपा एमालेको पार्टी महानगर कमिटी बैठकले व्यञ्जनकारलाई सर्वसमत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । नेकपा एमालेबाट महानगरपालिकाको उपमेयरमा भने २ जनाको दावी परेको छ ।

व्यञ्जनकारका अनुसार पार्टी महानगर कमिटिको अध्यक्ष आस्था शाक्य “मञ्जली” र पार्टी प्रदेश कमिटी सदस्य सरस्वती खड्काले उपमेयरको लागि दावी प्रस्तुत गर्नुभएको छ । यो दावीलाई महानगर कमिटी हुँदै केन्द्रिय कमिटिमा सिफारिस गरिने उहाँले जानकारी दिनुभयो । त्यसपछि मात्रै उपमेयरको उम्मेदवारी तय हुने उहाँको भनाइ छ ।

व्यन्जनकार एमालेको केन्द्रिय कमिटी सदस्य तथा ललितपुर जिल्ला सह इन्चार्ज समेत हुनुहुन्छ । गत २०७४ को निर्वाचनमा समेत महानगरको मेयरको उम्मेदवार रहनुभएका व्यञ्जनकार काङ्ग्रेसका चिरीबाबु महर्जनसँग ३ अंकको झिनो मतान्तरले पराजित हुनुभएको थियो ।