१२ बैशाख २०८१, बुधबार

नयाँ प्रविधिले आँखा उपचार सेवा प्रभावकारी र बिश्वसनीय बनायाे : प्रदेश प्रमुख गुरुङ

prithiviman gurung1649405579

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालमा आँखा उपचार सेवा प्रभावकारी बन्दै गएको बताउनुभएको छ । नेपाल नेत्रज्योति सङ्घको केन्द्रीय सभाको २७औँ अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उहाँले पछिल्लो समयमा आँखा उपचार सेवामा भित्रिएका नवीनतम् प्रविधिले सेवालाई प्रभावकारीसँगै विश्वसनीय बनाएको बताउनुभयो ।

“मानव जीवनलाई विश्वसामु परिचित गराउने महत्वपूर्ण अङ्ग आँखा हो”, प्रमुख गुरुङले भन्नुभयो, “यसको उपचार सेवालाई सहर केन्द्रित मात्र नगरी ग्रामीण एवं दुरदराजका स्थानसम्म पु¥याउनुपर्ने आवश्यक छ ।”

आँखामा लाग्ने विभिन्न खाले रोगको उचारमा नेत्रज्योति सङ्घको पहलमा दातासँगै दातृ राष्ट्रका विभिन्न सङ्घसंस्थाको महत्वपूर्ण योगदान गरेको बताउँदै उहाँले मुलुकका तीनै तहका सरकारले यसको अपनत्व लिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय अध्यक्ष डा चेतनारायण पन्तले मुलुकमा २७ आँखा अस्पताल र १४५ आँखा उपचार केन्द्रमार्पmत सेवा प्रदान गरिँदै आएको बताउँदै निकट भविष्यमा पाँच अस्पताल र २५ उपचार केन्द्र थप गरिने जानकारी दिनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनको सन् २०३० सम्म आँखाको उपचार अभावमा कोही अन्धकारमा नरुमल्लिने अभियानमा नेपाल सरकारले पनि प्रतिबद्धता जनाएको बताउँदै उहाँले यस अभियानलाई सफल बनाउन सङ्घ निरन्तर लाग्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

नवीनतम प्रविधि र दक्ष जनशक्ति उत्पादनमा समेत सङ्घले जोड दिँदै आएको बताउँदै उहाँले यसैका कारण आँखा उपचारका लागि विदेशबाट समेत नेपाल आउने गरेको बताउनुभयो । प्रतिनिधिसभा सदस्य प्रभुनारायण चौधरीले दाताहरूको सहयोग र सामाजिक व्यत्तित्वको अहं भूमिका एवं चिकित्सकको निरन्तर सेवाभावले नै मुलुकमा आँखा उपचार सेवा प्रभावकारी बन्न सकेको दाबी गर्नुभयो ।

कार्यक्रममा नेपाल नेत्रज्योति सङ्घका निवर्तमान अध्यक्ष प्रा डा तीर्थप्रसाद मिश्र, आइकेयर फाउण्डेशनका प्रतिनिधि अनिल गोर्खाली, सङ्घका उपाध्यक्ष ऋषिराम पौडेल, महासचिव भरतबहादुर चन्द, सङ्घ गण्डकीका उपाध्यक्ष डा दिलबहादुर क्षेत्री, कास्की अध्यक्ष कृष्णबहादुर गुरुङलगायतले मुलुकमा अन्धोपन निवारणमा सङ्घले खेल्दै आएको भूमिकामाथि प्रकाश पार्नुभएको थियो ।

मुलुकका २५० प्रतिनिधि सहभागी रहेको दुईदिने अधिवेशनले आवश्यकताअनुसार विधान संशोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । समारोहमा आँखा उपचारमा महत्वपूर्ण योगदान गर्ने विभिन्न जिल्लासहित व्यक्तिलाई नगद पुरस्कारसहित सम्मानपत्रले सम्मान गरिएको थियो ।

    सम्बन्धित समाचार...