७ बैशाख २०८१, शुक्रबार

तीन वटै निर्वाचनमा पाँच दलीय गठबन्धन गर्नुकाे विकल्प छैन : नेता सिंह

prakashman singh scaled
फाइल फोटो

सत्तारुढ दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले तीन वटै तहको निर्वाचनमा पाँच दलीय गठबन्धन कायमै राखेर जानुको विकल्प नरहेको बताउनु भएको छ ।

संविधानलाई जोगाएर लैजानका लागि पनि संघ, प्रदेश र स्थानीय तहको चुनावसम्म गठबन्धन कायमै राखेर अघि बढनुपर्ने काँग्रेस नेता सिंहको भनाइ छ । शनिवार पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले निर्वाचन जित्ने हो भने सिंगो पार्टी पंक्ति एकतावद्ध हुनुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।

निर्वाचनमा जाँदा कम्युनिष्टहरुले मौका पाउँदाखेरी त्यसलाई सदुपयोग गर्न नसकेको सन्देश जनतामा लैजानुपर्ने नेता सिंहको बताउनुभयो ।

काँग्रेस नेता सिंहले ओली नेतृत्वको सरकारले संविधानमाथि नै प्रहार गर्न थालेपछि पार्टी सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व लिनका लागि आफूहरुले अग्रसर गराएको पनि बताउनुभयो ।