१२ बैशाख २०८१, बुधबार

अनुरोध गरेर निर्वाचन सम्पन्न गर्नुपर्नेमा कारबाहीको डण्डा देखाउने: अध्यक्ष ओली

kp oli pokhara
फाइल फोटो

पुर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गर्ने बेला आफ्नो पार्टीलाई ‘थर्काएको’ आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले सत्तापक्षसँग मात्रै परामर्श गरेर जारी गरिएको निर्वाचन आचारसंहिता हस्ताक्षर गर्ने बेला आयोगले आफ्नो पार्टीका प्रतिनिधिहरुलाई ‘हस्ताक्षर नगरे नगर्नुस्’ भन्दै थर्काएको गुनासो गरे ।

नेपालको इतिहासमा पहिलोपटक निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपक्ष दलहरुसँग परामर्श नगरी जारी गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । निर्वाचन आयोगले अनुरोध गरेर निर्वाचन सम्पन्न गर्नुपर्नेमा कारबाहीको डण्डा देखाउने गरेको अध्यक्ष ओलीले बताए ।