१२ बैशाख २०८१, बुधबार

३० बैशाखमा निर्वाचन नहुने हो कि भन्ने आशंका ब्याप्त !

election

आगामी ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागु गरिसकेको भएपछि सर्वोच्च अदालतले भने अझै निर्णय दिन सकेको छैन ।

भंगाहा, महोत्तरीका मेयर मेयर सन्जिवकुमार सिंहले स्थाथनीय तहका प्रतिनिधिले पाँच बर्षसम्म कार्यकाल बिताउन पाउनु पर्ने भन्दै दायर रिटमा अदालतले अझै फैसाला दिएको छैन ।

उनले पुरै पाँच बर्ष कार्यकाल बिताउन नपाएको भन्दै दिएको रिटको पेशी २ बैशाखमा तोकिएको छ । सो रिटमा अन्तरिम आदेश नदिए पछि २ वैशाखमा निर्वाचन आयोगलगायत दुवै पक्षलाई सर्वोच्च अदालतमा हाजिर हुन बोलाएको छ । जुन रिटका कारण स्थानीय तहको निर्वाचन ३० बैशाखमा नहुने हो कि भन्ने आशंका ब्याप्त रहेको छ ।