८ बैशाख २०८१, शनिबार

(सूची) नयाँ वर्षदेखि लागू हुने गरी उपत्यकामा बढ्यो सार्वजनिक यातायात भाडा

bus1626934953
फाइल फोटो

नेपाली नयाँ वर्षदेखि लागू हुने गरी बागमती प्रदेश सरकार सार्वजनिक यातायातको भाडादर बढाएको छ ।

बागमती प्रदेश सरकार अन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर बढाएको हो ।

मन्त्रालयका अनुसार अब उपत्यकामा सार्वजनिक यातायात चढ्ने वित्तिक्कै २० रुपैयाँ तिर्नुपर्ने छ । यस्तै, ०–१० किलोमिटरमा २५ रुपैयाँ, ०–१५ किलोमिटरमा ३० रुपैयाँ तथा ०–२० किलोमिटरमा ३३ रुपैयाँ बुझाउनुपर्ने छ । २० किलोमिटरभन्दा धेरै दूरीमा यात्रा गर्ने यात्रुले ३८ रुपैयाँ तिर्नुपर्ने सुचनामा उल्लेख छ ।

bhada