१३ बैशाख २०८१, बिहीबार

आयात तत्काल नघटे अर्थतन्त्र गम्भीर संकटमा फस्ने र महासंकट आउन सक्ने बाटोमा नेपाल

mahaparsad
फाइल फोटो

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र श्रीलंकाकै बाटोमा रहेको बताएका छन् । राष्ट्र बैंकले आयोजना गरेको आर्थिक तथा वित्त सम्मेलनमा गभर्नर अधिकारीले नेपालमा भइरहेको आयात तत्काल नघटे अर्थतन्त्र गम्भीर संकटमा फस्ने र श्रीलंकाकै जस्तो आर्थिक महासंकट आउन सक्ने बताए ।

‘आयात बढ्दै गएको छ, त्यसअनुसारको विदेशी मुद्रा आर्जन भएन भने हामी श्रीलंककाको बाटोमा जान सक्छौँ,’ उनले भने, ‘अहिले अर्थतन्त्रको बाह्य क्षेत्रको स्थायित्व प्रमुख चुनौतीको रुपमा देखिएको छ ।’ चालू आर्थिक वर्षको सुरुदेखि नै रेमिट्यान्स घट्दै गएको, आयात उच्च परिमाणमा बढेको, शोधनान्तर घाटा चुलिएको, बैंक वित्तीय संस्थामा तरलता अभाव रहेको जस्ता कारणले अर्थतन्त्र संकटको अवस्थामा रहेको बताए ।

‘राष्ट्र बैंकले उच्च आयात निरुत्साहित गर्न सरकारसँग सहकार्य गर्दै नगद मार्जिनको व्यवस्था गरेको, कर्जामा जोखिम भार थपेको छ,’ उनले भने, ‘सुनचाँदीको आयातमा कडाइ गरिएको छ । विदेशी विनिमयको सञ्चिति जोगाउनु पर्ने बाध्यता अहिले रहेको छ ।’ अहिलेको अवस्थामा पेट्रोलियमको मूल्य बढेकोले बाह्य क्षेत्रमा चाप परेको र लगानीयौग पुँजीको अभाव भएकोले ब्याजदरसमेत बढेको बताए ।

उपभोगमुखी अर्थतन्त्र निर्माणमा सघाउन पुग्ने गरी हाम्रो उपभोगमुखी बानी बन्दै गएकोले त्यसमा सुधार ल्याएर उत्पादनमुखी अर्थतन्त्रको निर्माण गर्नुपर्नेमा उनले जोड दिए । उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने र आयात घटाउनेतर्पm सबै पक्षको सहकार्य आवश्यक हुने उनले बताए ।