१५ चैत्र २०८०, बिहीबार

आजैदेखि कार्यान्वयनमा निर्वाचन आचारसंहिता

nepal elecion commison

आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि सबै राजनीतिक दल र सरोकारवालाको सुझाव तथा परामर्शमा स्वीकृत गरिएको निर्वाचन आचारसंहिता, २०७८ आजदेखि लागू भएको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित बनाउन आचारसंहिता लागू गरिएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढङ्गले सम्पन्न गरी नागरिकलाई मताधिकारको निर्वाध उपयोग गर्ने अवसर सिर्जना गर्न आह्वान गर्नुभयो ।

आयोगद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले निर्वाचनलाई स्वच्छ र स्वतन्त्र तुल्याउन प्राप्त हुने सबै खाले सुझावलाई सकारात्मकरूपमा ग्रहण गर्ने बताउनुभयो । प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “निर्वाचनमार्फत लोकतन्त्रको सुदृढीकरण र सुशासन प्रवद्र्धनमा योगदान पु¥याउनेतर्फ हाम्रा सबै प्रयास केन्द्रित गर्न आयोग हार्दिक आग्रह गर्दछ ।”

निर्वाचन आचारसंहिताको पूर्ण पालनाविना विश्वसनीय निर्वाचन हुन सक्दैन भन्ने तथ्यलाई आत्मसात गरी खर्चिलो र भड्किलो बन्दै गएको निर्वाचन खर्चलाई नैतिकता र इमान्दारीको अभ्यास, स्वनियन्त्रण पद्धतिको अनुसरण र सामाजिक सचेतनाको प्रयासबाट निस्तेज गर्ने विषयमा साझा सङ्कल्प र इमान्दार प्रयत्न आवश्यक रहेको आयोगले जनाएको छ ।

आयोगको विज्ञप्तिमा भनिएको छ, “निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचनको सङ्कल्प पूरा गर्न सबैको सहयोग रहने कुरामा आयोग विश्वस्त छ ।” निर्वाचन बालिग मताधिकारका आधारमा प्रतिनिधि छान्ने प्रक्रिया मात्र नभई जनतालाई सशक्त तुल्याउने लोकतन्त्रको मेरुदण्ड पनि हो । निर्वाचन जति खर्चिलो र भड्किलो बन्दै जान्छ त्यति नै आस्था, निष्ठा, विचार र सिद्धान्त पराजित बन्न सक्ने खतरा बढ्न थाल्छ भन्ने आम चासो र चिन्ता व्यापक बन्दै गएको आयोगले जनाएको छ ।

विगतका निर्वाचनसम्बन्धी तथ्य र अनुभवका आधारमा निर्वाचन व्यवस्थापनमा सुधार गर्नुपर्ने विभिन्न क्षेत्रमध्ये आचारसंहिताको पालना र कार्यान्वयन एक महत्वपूर्ण क्षेत्र भएको आयोगले उल्लेख गरेको छ । निर्वाचन आचारसंहितालाई पालना गर्न निर्वाचन तथा मतगणनामा खटिने कर्मचारी, राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधि, मतदान प्रतिनिधि र मतगणना प्रतिनिधिले निर्वाचनको कार्यमा खटिँदा अनुसूचीबमोजिमको प्रतिबद्धता पत्रमा दस्तखत गर्नुपर्ने नयाँ व्यवस्था गरिएको छ ।

आचारसंहिताको प्रयोग कानूनभन्दा माथि हुने हुँदा राजनीतिक दल र उम्मेदवारलगायत अन्य सबै निर्वाचन सरोकारवालाले आचारसंहिताको पूर्णपालना गर्नेमा आयोग विश्वस्त रहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

आचारसंहिताको उल्लङ्घन भएमा हुने कारबाहीका विषयमा उपलब्ध स्रोतसाधन र जनशक्तिको उपयुक्त सम्भावित मित्थ्या सूचना, दुष्प्रचार, सूचना तोडमोड र द्वेषपूर्ण अभिव्यक्तिको नियमन र नियन्त्रण गर्न विज्ञ सम्मिलित कार्यदल क्रियाशील रहने सो अवसरमा जानकारी दिइयो ।