१२ बैशाख २०८१, बुधबार

च्याम्पियन र रेलिगेट घोषणा नगरि रद्द भयो डच फुटबल लिग

Dutch league 1

कोरोना भाइरसको महामारीले खेलकुदलाई ठुलो प्रभाव पारेको छ । कोरोनाबाट निकै प्रभावित रहेको देश नेदरल्याण्डसको लिग ‘द इरेडिभाइस’ अहिलेकै अवस्थामा स्थगित गरिएको छ ।

महामारीले बीचैमा स्थगित भएको लिगको यो सिजनका खेल सुचारु गर्न नसकेपछि लिगका ९ खेल खेल्न बाँकी हुदै यस सिजनको लिग स्थगित गरिएको हो ।

नेदरल्याण्डस सरकारले सेप्टेम्बर एक सम्म सबै खेल गतिबिधि गर्न प्रतिबन्ध लगाएपछि डच फुटबलको गभर्निंग बडी रोयल डच फुटबल एसोसिएसनले लिग स्थगित भएको घोषणा गरेको हो ।

साथै एसोसियसनले आफ्नो ६४ बर्षको इतिहासमा पहिलो पटक यस सिजनमा कुनै विजेता नहुने घोषणा गरेको छ ।

हाल लिगको शिर्ष स्थानमा रहेको आयक्सलाई विजेता घोषणा नगर्ने जनाएको छ । साथै यस बर्ष लिगबाट कुनै क्लब रेलिगेसनमा समेत नपर्ने एसोसियसनले जनाएको छ ।

मिडिया रिपोर्टका अनुसार लिगको शिर्ष स्थान र दोस्रो स्थानमा रहेका अयाक्स र एजेड अल्कमार च्याम्पियन्स लिगको छनौट खेल खेल्ने छन् ।

अयाक्सलाई विजेता घोषणा गरिएको भए उ सिधै आउदो सिजन च्याम्पियन्स लिग खेल्न पाउने थियो तर च्याम्पियन नबनाइएको हुनाले अब उसले छनौट खेल खुल्नु पर्ने भएको बताइएको छ ।

लिगमा अयाक्स एजेड अल्कमार समान ५६(५६ अंक हासिल गर्दै गोल अन्तरका आधारमा अयाक्स शिर्ष स्थानमा रहेको छ ।

    सम्बन्धित समाचार...