Close Me
१३ माघ २०८१, आईतवार

शुक्रवारदेखि निर्वाचन आचारसंहिता लागू हुने, सरुवाबढुवालगायत निर्णयमा रोक

nepal elecation

निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि शुक्रवारदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ ।

बिहीबारदेखि लागू गर्ने तयारी गरे पनि सम्भव नदेखिएकाले शुक्रबारबाट लागू गर्न लागिएको निर्वाचन आयोगका एक आयुक्तले बताए । आचार संहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दलहरुलाई हस्ताक्षर गराइसकेको निर्वाचन आयोगले शुक्रवार मध्यरातिदेखि मतदानको दिनसम्म कार्यान्वयन गर्न लागेको हो ।

आयोगले यसअघि दलहरुलाई आचारसंहिता पालना गराउन प्रतिवद्धता गरेकाले अव लाग गर्ने भएको हो । निर्वाचन आयोगले चैत ३ गते निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको थियो। उक्त आचारसंहिताको एक बुदाँमा भने सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

वहालवाला जनप्रतिनिधि भाग लिन नपाउने व्यवस्थाविरुद्ध सर्वोच्चमा परेको रिटमा अन्तरिम आदेश जारी भएको हो ।

केही दिनअघि आयोगले निर्वाचनमा भाग लिने दलहरुसँग प्रतिवद्धता जनाउन छलफल पनि गरेको थियो । आचारसंहिता लागेपछि सरकारले सरुवाबढुवालगायत निर्णय गर्न पाउँदैनन् ।