१३ बैशाख २०८१, बिहीबार

बडूद्वारा पदभार ग्रहण

badhu2

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पदभार ग्रहण गरेका छन् । सिंहदरबार पुगेर मन्त्री बडूले बिहीबार पदभार ग्रहण गरेका हुन् । त्यसक्रममा मन्त्री बडूले साना तथा मझौला उद्योग महाशाखा गठन गर्ने र त्यसको छुट्टै नीति निर्माण संगठन तथा व्यवस्थापन अध्ययनका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरेको उनको सचिवालयले जनाएको छ ।

यसैगरी, मन्त्री बडूले कोरोना महामारीले शिथिल बनेको अर्थतन्त्र पुनःचलायमान हुन थालेको र मुलुकको अर्थतन्त्रसँग जोडिएको मन्त्रालयका तात्कालीक र दीर्घकालीन समस्या एवं चुनौतीहरु सबै मिलेर समाधान गर्नुपर्नेमा जोड दिए । उनले आयात र निर्यातको चेन सन्तुलनका लागि तात्कालिक र दीर्घकालीन योजना निर्माण गरेर अघि बढ्ने बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा आजै राष्ट्रपति विद्या भण्डारीले मन्त्री बडूलाई नयाँ जिम्मेवारी तोकेकी थिइन् । यसअघि बडूले असोज २२ देखि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।