१३ बैशाख २०८१, बिहीबार

तीन सय बुद्धिजीवीहरुले एमालेसँग पार्टी एकता वा चुनावी तालमेल गर्न नेपाल समक्ष माग

madhav

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)निकट करिब तीन सय बुद्धिजीवीहरुले नेकपा एमालेसँग पार्टी एकता वा चुनावी तालमेल गर्न अध्यक्ष माधवकुमार नेपाल समक्ष माग गरेका छन् ।

एकीकृत समाजवादी निकट बुद्धिवजीवी परिषदका महासचिव केवी खड्काले दिनुभएको जानकारी अनुसार एमालेका अध्यक्ष केपी शर्मा ओली तथा महासचिव इश्वर पोखरेलबाहेक हुने गरी पार्टी एकता गर्न आग्रह गरिएको हो ।

आज (बिहीवार) पार्टी अध्यक्ष माधवकुमार नेपालसँग भेट गरी एमालेसँग पार्टी एकता वा चुनावी तालमेल गर्त आग्रह गरिएको महासचिव खड्काले जानकारी दिनुभयो ।