१३ बैशाख २०८१, बिहीबार

व्यक्तिगत स्वार्थका लागि गल्ती नगरौँ: अध्यक्ष तिमल्सिना

ganesh timalsina

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले व्यक्तिगत स्वार्थका लागि जानीजानी गल्ती नगर्न सबैमा आग्रह गर्नुभएको छ ।

काभ्रेपलान्चोकको पनौती नगरपालिका–५ श्रीखण्डपुरमा आयोजित कार्यक्रममा उहाँले अञ्जानमा गरेको गल्तीले माफी पाउन सक्ने भए पनि जानाजान गरेको गल्तीबाट कसैले माफी पाउन नसक्ने बताउनुभयो ।

अध्यक्ष तिमल्सिनाले निशेषानन्द महाराजले पवित्र ग्रन्थ श्रीमद् भागवत् दिग्दर्शन पुस्तकको सरल भाषामा लेखन कार्य गरेर सह्रानीय काम गरेको बताउनुभयो ।

कार्यक्रममा पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले पनौतीको वडा नं ५ मा निर्माण गरिरहेको विन्ध्यवासिनी मन्दिरको सम्पूर्ण जिम्मेवारी र रक्षाको काममा नगरपालिकाले जिम्मा लिने बताउनुभयो ।

कार्यक्रममा श्रीमद् भागवत दिग्दर्शन पुस्तकका लेखक निशेषानन्द महाराजले प्रकाशित पुस्तक अध्ययन गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

विन्ध्यवासिनी आध्यात्मिक प्रतिष्ठानले निर्माण गरेको विन्ध्यवासिनी मन्दिरमा मूर्ति प्राण प्रतिष्ठा गर्नका लागि चैत १९ गतेदेखि २७ गतेसम्म श्रीदेवी भागवत नवाह ज्ञान महायज्ञ सञ्चालन भइरहेको छ ।