४ बैशाख २०८१, मंगलवार

फेरि मिल्ने सम्भावना कति ओली र प्रचण्ड ?

oli prachanda
फाइल फोटो

अनेक दबाबका बीच चुनाव केन्द्रीत बनेका राजनीतिक दलहरुले अझै पनि निर्वाचनबारे ठोस नीति बनाउन चुकिरहेका छन् । बरु एकले अर्काेलाई गलाएर आफ्नो पक्षमा माहोल बनाउन मरिमेटि लागिपरेका छन् ।

स्थानीय तह निर्वाचनको समय जतिजति घर्किदैछ, राजनीतिक दल उतिउतिआफु केन्द्रीत माहोल बनाउन अनेक अस्त्र र सम्भावनामाथि खेलिरहेका छन् । पाँच दलीय मोर्चाको सत्ता गठबन्धनले चुनावी तालमेलका साथ निर्वाचनमा जाने निर्णय गरिसक्यो । तर आफु सुरक्षित हुने परिपक्क वातावरण नबनेपछि नेताहरु धम्क्याउने, तर्साउने र आफुलाई सहज बनाउने काम गरिरहेका छन् ।

बिहिबार बालुवाटारमा सत्ता गठबन्धनको बैठक चलिरहेको थियो । बैठकले पाँच दलबीच चुनावी सहकार्य गर्दै निर्वाचनमा जाने निर्णय त ग¥यो । तर काँग्रेसको भूमिकामाथि प्रश्न उठाउँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डभरपर्दाे आधार नदिए एमालेसँग तालमेल गर्न जाने चेतावनी दिए ।

आफ्नो पार्टीका नेताहरु एमालेसँगको तालमेलबारे गृहकार्यमा रहेको भन्दै प्रधानमन्त्री देउवा र नेपाली काँग्रेसलाई दबावमा पर्ने नीति प्रचण्डले अख्तियार गरेका थिए ।आइतबार त माओवादी केन्द्रका नेता बर्षमान पुनले चुनावी तालमेलको लागि नेकपाएमालेले प्रस्ताव नै गरेको दाबी गरे ।तर उनको दाबी आएको केहि घण्टामैएमाले नेताहरुपुनको दाबी मिथ्था रहेको स्पष्टिकरण दिएका छन् ।

चुनाव मुखमै रहेका बेला नेकपा एमाले गठबन्धन फुटाएरै जान सके आफ्नो पल्लाभारी बनाउने सक्ने लोभ पालिरहेको छ ।यता आन्तरिक किचलोमै रहेको गठबन्धनमा एकले अर्काेलाई देखाएर तर्साउने काम भइरहेको छ । मुलतः वाम गठबन्धन र तालमेलको डर देखाएर प्रचण्ड–माधव काँग्रेसलाई गलाउने मात्रै होइन, बढीभन्दा बढी भाग हत्याउन खोजिरहेका छन् ।

उता पार्टीभित्रै मतभेद्मा रहेको नेपाली काँग्रेसले तालमेल नगर्ने चेतावनी दिएर खेदाउने काम गरिरहेको छ । ठिक यसैबेला आफुले तालमेल नगरे वाम एकता भइहाल्छ कि भन्ने डर काँग्रेसमा पनि छ ।तथापी अहिले नै एमालेसँग तालमेल हुने विषयमाथि गठबन्धनका वाम घटकहरु नै आशंका गरिरहेका छन् ।

विरासत राम्रो भएपनि वर्तमान विथोलिएको नेकपा एमाले अहिलेकै अवस्थामा निर्वाचनमा गए परिमाण कस्तो आउला भन्ने बारेमा चिन्तित छ । तरपनि कार्यकर्ताको मनोबल बढाउन नेतृत्वले हुकांरघटाएको छैन । निर्वाचन आउन अझै डेढ महिना जतिको समय बाँकी छ । योबीचमा अनेक तालमेलमाथि विश्लेषणमात्रै होइन, नेतारु पनि सम्भावना देखिरहेका छन् ।